धोवीखोला करिडोरको पहिलो चरणको काम सम्पन्न

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । राजधानीको धोवीखोला करिडोर निर्माणको कामले तीव्रता पाएको छ । हाल चावहिलसम्म ११ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ भने आर्थिक वर्षसम्ममा कपनको निलो पुलसम्म कालोपत्रे हुने भएको छ । समान्नतर निर्माण सेवा कम्पनीले धोवीखोला करिडोर निर्माणको ठेक्का लिई काम गरिरहेको छ ।

धोबीखोला करिडोरको काम तीन चरणमा भइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले जनाएको छ । जसमा पहिला चरण अन्तर्गत बाग्मती दोबानदेखी चावहिल सम्म ११ किलोमिटर, दोस्रो चरणमा चावहिलदेखी कपन भंगालसम्म ८ किलोमिटर र तेस्रो चरण कपन भंगालदेखी बुढानिलकण्ठको राम मन्दिरसम्म ५ किलोमिटर रहेको छ ।

खोलाको सिमना छुटयाउने र ट्रयाक छुटयाउने काम रामन्दिरसम्म सम्पन्न भइसकेको प्राधिकरणका का.मु नायव विकास आयुक्त ई. दिलिप भण्डारीले बताए । निर्माण कार्यको थालनी भएको लामो समय बितिसक्दा पनि काम थोरै मात्र सम्पन्न भएको छ ।

बाग्मती सभ्यता एकीकृत विकास समितिले ढल पाइप बिछ्याउने काम ढिलो गरेकाले नै कालोपत्रे गर्ने कार्यमा सुस्तता आएको बताउँदै भन्छन्, ‘बाग्मती सभ्यताले ढल नबिछ्याएसम्म हामीले कालोपत्रे गर्न पाएका छैनौँ ।’

भण्डारीका अनुसार अहिले बाग्मती सभ्यता एकिकृत विकास समिति सुस्त रुपमा अघि बढिरहेको छ भने काठमाडौं उपत्यका विकास प्राधिकरण पछिपछि पछ्याउँदै अघि बढेको  छ । धोवीखोला करिडोर आयोजना सजिलो आयोजना नभएको बताउँदै भण्डारीले भने, ‘व्यक्तिको जग्गा लिएर साझ छुट्याउदैँ र घर भत्काउँदै अघि बढ्नु परेको छ ।’

धोवीखोला करिडोर सम्पन्न गर्नका लागि ४ अर्ब ५८ करोड बजेट छुट्याइएको थियो । हालसम्म २ अर्ब ५८  करोड खर्च भइसकेको छ । पहिलेको तुलनामा काम तीव्र ढंगले अघि बढेको भण्डारी बताउँछन् । आर्थिक वर्ष २०७७÷७८ मा धोवीखोला करिडोर निर्माण सम्पन्न गरिसक्ने प्राधिकरणको लक्ष्य रहेको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी