नारायण गोपालको स्मृति दिवस मनाइयो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । स्वरसम्राट नारायणगोपालको सम्झनामा आज यहाँ २८औँ स्मृति दिवस मनाइएको छ ।

नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उनले यस धर्तीबाट बिदा लिएर गएका थिए । स्वरसम्राट नारायण गोपालको घरको प्राङ्गणमा भएको सभामा पुराना गायकलगायत नयाँ पुस्ताका युवाको बाक्लो उपस्थिति रहेको थियो ।

रचनाकार तथा कलाकार नीर शाहले नारायण गोपाल साङ्गीतिकरुपमा निकै सङ्घर्षशील रहेको चर्चा गरे । शाहले नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेको बताउँदै खेलकूदमा अनुशासन र सङ्गीतमा गहन अध्ययन आवश्यक रहेको औँल्याए ।

उक्त अवसरमा स्मृति कोषले नारायण गोपालसँगै रहेर काम गर्ने गीतकार दिनेश अधिकारी, गीतकार डा दीर्घ्सिंह बम, कलाकार तथा गीतकार नीर शाह, गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार विश्वम्भर प्याकुरेल र कर्म योञ्जनलाई नगर रु २५ हजारसहित सम्मानसमेत गरेको थियो । सभामा सङ्गीतकार भूपेन्द्र राजमाझी, रचनाकार प्रकाश रायमाझी, गीतकार उन्नति शिला बोरा, सङ्गीतकार न्ह्यु बज्राचार्यलगायतको सहभागिता थियो । रासस

Views: 26

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी