निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

मुलुकमा अन्तर्राष्ट्रिय उडान भर्ने एकमात्र विमानस्थल रहेको र साँघुरो भई समस्या भएको अवस्थामा करिब एक दशकयता बाराको निजगढमा अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर विभिन्न सर्भेहरू भए । बहस तथा पैरवीहरू गरिए । सरोकारवाला सबैजसोले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई समर्थन गरे । खासगरी निर्माणाधीन काठमाडांै–निजगढ फास्ट ट्र्याक बन्ने निधो भएपछि सबैभन्दा महŒवपूर्ण आयोजनाको रूपमा लिइएको निजगढ विमानस्थल स्थान छनोटका हिसाबले पनि सबैलाई मान्य छ । निजगढ विमानस्थलले तराईलाई बढो गज्जबले जोड्ने र पहाड तथा तराईको समृद्धिलाई एकीकृत गर्ने बलिया सम्भावनाका कारणले पनि धेरैमा उत्साह देखिएको हो ।

यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वन मन्त्रालयसँगको सहकार्यमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन खोज्दैछ । सरकारले विमानस्थल बनाउने निर्णय गरिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आइसकेको छ । यही नै बेला निजगढमा विमानस्थल बनाउने कि नबनाउने, अहिले भनिइएको जति ठूलो बनाउने भन्ने विषयमा विरोध र समर्थनमा आवाज उठिरहेको छ । कतिपयले यति ठूलो विमानस्थल आवश्यक नपर्ने भनेका छन् छन् त कतिपयले त्यति धेरै रूख काट्न नपर्ने भनेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करिव दुई लाख रूख काटिने कुरालाई लिएर वातावरणविज्ञ तथा विविध क्षेत्रबाट विरोधहरू आइरहेका छन् । उनीहरूले रूख काट्ने विषयलाई गम्भीररूपमा लिएका छन् तर विकासको मुद्दालाई अथवा राज्यको आवश्यकतालाई सहायक ठानेका छन् । देशको आवश्यकताको कुरा पन्छाएर वनको कुरालाई मात्रै ध्यान दिने र वनमात्रै हेरेर हुँदैन भन्ने फरक धार देखापरेका छन् । दुवै धारमा वहस चालु छ ।

दुई लाख रूख काटिँदा वातावरणमा गम्भीर असर पर्छ भन्ने उनीहरूको तर्क छ । हो, वातावरण जोगाएर नै पूर्वाधार विकासमा जोड दिनुपर्छ । विश्वभर नै हिजोआज हरित विकासको अवधारणाले प्राथमिकता पाएको छ । प्रकृतिमैत्री विकासलाई जोड दिनुपर्नेमा विश्वका सबै देश सहमत छन् । र, त्यसैअनुसार उनीहरू पनि अघि बढेका छन् । हुन पनि प्रकृतिविना कृत्रिम विकासको अर्थ हुँदैन । त्यसकारण वातावरण विनासको चिन्ता हुनु अन्यथा होइन । प्राकृतिक वातावरणलाई बेवास्ता गरेर विकासमात्रै भनेर हुँदैन । विकास र वातावरण परस्पर समानान्तर ढंगले अघि बढ्नुपर्छ । निर्माणका काम पनि हुनुपर्छ र वातावरण संरक्षण पनि ।

नेपाल यस्तो देश हो जसलाई वन, जंगल र खोला नालाको धनी देश समेत भनिन्छ । यहाँको १७ प्रतिशत भूभाग समथर छ । बाँकी भूभाग ठूल्ठूला पहाड र हिमालले बनेको छ । पहाडी क्षेत्रको धेरै भाग घना जंगलले ढाकिएको छ । भौगोलिकरूपमा पनि नेपाल अलिक पृथक खालको छ । विमानस्थल बनाउँदा क्षति हुने वनक्षेत्रको विकल्प दिने ठाउँहरू छन् । यसतर्फ सोच्नुपर्छ । त्यसकारण यहाँ हुने विकास निर्माणको काममा वातावरणलाई एकोहोरो रूपमा मात्रै हेरेर हुँदैन । सम्भवतः वातावरणकै हिसाबले पनि तराईमा अवस्थित निजगढ, त्यहाँको बलियो माटो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अत्यन्त उपयुक्त मानिएको छ । निजगढले मुलुककै ठूला शहर वीरगञ्ज, विराटनर, जनकपुर हेटौँडा लगायतलाई जोड्छ । त्यसकारण दुई लाख रूख काट्नुपर्ने कुरालाई लिएर सबै दृष्टिकोणले उपयुक्त, इन्जिनियरहरूको सर्भेले पनि उपयुक्त हुने देखिएको ठाउँको विकासमा विरोध गर्नु जायज हुँदैन । लाख रूख कटान गरी त्यसको बिक्रीबाट आउने अरबौँ रकम विमानस्थल निर्माणको लागि टेवा पुग्न सक्छ । अन्यत्रका वनक्षेत्र विस्तार गर्ने सम्भावनाहरू पनि छन् ।

खासगरी नेपालमा जति पनि विकास निर्माणका कामहरू भएका छन् तिनमा निर्माणपूर्व कसैले पनि वातावरणमा पर्ने दीर्घकालीन प्रभावको अध्ययन तथा मूल्यांकन गरेका पाइँदैन । उही एकसरो प्रतिवेदन तयार गर्नका लागि मात्रै वातावरणीय अध्ययन हुने गरेको छ । सो कुरा भौतिक पूर्वाधार विकास तथा निर्माणमा संग्लन धेरै इन्जिनियहरूले नै स्वीकारेका छन् । यस विषयमा टिप्पणी र लेखहरू आएका छन् । त्यसकारण, बन्ने दौरानमा अघि बढेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको फगत विरोध गर्नु जरुरी छैन । फेरि निजगढ आसपासका घना जंगलहरूमा दुई लाखमात्रै होइन, लाखौँ रूखहरू छन् । त्यसको तुलनामा दुई लाख रूख भनेको दुई प्रतिशत पनि होइन । त्यसकारण विकासको शुभकाम अघि बढाउनुपर्छ । यहाँको वन र वातावरणमा न्युनभन्दा न्युन क्षतिमा विमानस्थल निर्माण गर्नुपर्छ । अब वातावरणीय अध्ययन यसतर्फ केन्द्रित हुनुपर्छ । व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिइसकेको छ । त्यसकारण पनि विमानस्थल निर्माण कार्य अघि बढने आम अपेक्षा छ । यो रोकिनु हुँदैन ।

फराकिलो अन्तर्राष्ट्रिय विमानस्थलको कति महŒव छ भन्ने कुरा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही वर्ष अघिमात्र चार दिनसम्म ठप्प हुँदा प्रष्ट भयो । त्यतिबेला टर्किस एयरलाइन्सको एउटा विमान त्रिभुवन विमानस्थलको धावनमार्गमा दुर्घटना भई अन्तर्राष्ट्रिय हवाई उडान ठप्प हुँदा हजारौँ यात्रुको विचल्ली भएको थियो । नेपाल आउने हजारौँ यात्रु विदेशका विभिन्न विमानस्थलहरूमा अड्किनु परेको थियो । मुलुकले पनि करोडौको राजस्व गुमाएको थियो । वाहृय उडान अवरोधका कारण नेपालसँग अन्तर्राष्ट्रिय सम्बन्ध टुटेको अवस्था थियो । यसरी त्यतिबेला पहिलोपटक नेपालले लामो अन्तर्राष्ट्रिय हवाई अवरोधको पिडा झेल्नुप¥यो । अहिले नै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरणका क्रममा समस्या हुने गरेको छ । अवतरणका क्रममा आकाशका आधा घण्टासम्म होल्डमा बस्नुपर्ने, उडानका लागि रन वेमा धेरैबेर रोकिनुपर्ने अवस्था छ । विमान पार्किङमा समस्या छ । अर्को फराकिलो विमानस्थल आवश्यक छ भन्ने कुरामा त कतै दुईमत छैन ।

त्यतिबेला नै नेपालमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्ररूपमा बनाउनुपर्ने आवाज उठेको हो । निजगढमा बनाउने भनिएको दोस्रो विमानस्थल निर्माण भइसकेको भए त्यो लज्जा र विषम परिस्थितिको सामना गर्नु पर्ने थिएन भन्ने महसुस आम मानिसले गरे । त्यतिबेलाका प्रधानमन्त्री सुशील कोइरालाले विज्ञप्ति नै निकालेर वैकल्पिक विमानस्थल निर्माण गर्न विमानस्थल निर्माण कार्यदललाई तदारुकताका साथ निर्माणमा लाग्न निर्देशन दिएका थिए ।

यसरी अप्ठेरो अवस्थामा वैकल्पिक विमानस्थलको आवश्यकता आम मानिसले विगतमा पनि गरेका हुन् । अहिले त निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउनै खोजिएको छ । निर्माणका लागि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीहरूले मनसायसमेत देखाएका छन् । यस्तो अवस्थामा दुई लाख रूख मात्रै देखाएर विमानस्थल निर्माण कार्यको विरोध गर्नु किंचित ठीक होइन । अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । कुनै कारणले त्रिभुवन विमानस्थल बन्द हुँदाको विकल्पको लागि पनि तत्काल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विकल्प छैन । बन्ने क्रममा रहेका अरू दुई अन्तर्राष्ट्रिय विमानस्थल सहायक मात्रै हुन् ।

ठूलो संख्यामा यतिबेला नेपालीहरू विदेशमा छन् । विदेशी पर्यटक लगायत अन्य निकायहरूबाट पनि नेपाल आउने–जाने क्रम बढिरहेको छ । सयभन्दा बढी मुलुकहरूसँग नेपालको आपसीसम्बन्ध विस्तार भइसकेको छ । यसकारण पनि नेपालको लागि फराकिलो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल अति नै आवश्यकता छ । जुन टर्किस एयरलायन्स दुर्घटना प्रकरणले नै प्रकट गरिसकेको छ । खासगरी विकास बहुसंख्यक जनताको आवश्यकताप्रति लक्षित हुनुपर्छ भन्ने कुरा पनि यसैले पुष्टि गर्छ । नेपालको पर्यटन उद्योगको विकासका लागि पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हितैसी आयोजना काठमाडौं निजगढ फास्ट ट्र्याक करिब ७६ किलोमिटिर लामो हुनेछ भनिएको छ । जसको निर्माण कार्य नेपाली सेनाले गरिरहेको छ । मध्य तराईबाट स्थलमार्ग हुँदै करिब डेढ घण्टामा काठमाडौं आउन सम्भव तुल्याउने यस आयोजनाको निर्माणले नेपाली अर्थतन्त्रको विकासमा निकै ठूलो प्रभाव राख्ने देखिन्छ । मुलुकको केन्द्रीय राजधानी काठमाडौंलाई स्थलमार्गबाट जोड्ने सबैभन्दा नजिकको अन्तर्राष्ट्रिय विमानस्थल निजगढ नै हुनेछ । फास्ट ट्र्याक र अन्तर्राष्ट्रिय विमानस्थल दुवै आयोजना मुलुकको आर्थिक सामाजिक विकासमा बहुआयामिक महŒवका छन् । फास्ट ट्र्याक त अघि बढिसकेको छ । निजगढ विमानस्थल निर्माण कार्य पनि यथाशीघ्र अघि बढाएर विकास निर्माणको कामलाई गति दिन आवश्यक छ । तबमात्र जनताले आर्थिक सामाजिक परिवर्तनको महसुस गर्नेछन् ।

निजगढ विमनस्थल अपरिहार्य आवश्यकता भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा आइसकेको छ । अब ध्यान दिनुपर्ने मुख्य कुरा कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गर्ने र विनासको क्षतिपूर्तिका लागि आवश्यक कदम चाल्ने नै हो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी