नेकपाको स्थायी समिति बैठकमा नेताहरुले बोल्ने क्रम सकियो–सरकारको आलोचना र बचाउ

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी कमिटि बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ।

गत मंसिर २९ गतेदेखि जारी बैठक एक हप्ताभन्दा बढी समय चलेको थियो।

आजको बैठकमा दुई जनाले बोलेका थिए।छलफलका क्रममा नेता बामदेव गौतमले पेश गरेको फरक प्रतिवेदनमाथि पनि छलफल भएको थियो । छलफलमा अधिकांश नेताले पार्टी नेतृत्वले  जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना र बचाउ गरेका थिए ।

छलफलमा अन्तिम वक्ताका रुपमा प्रदीप ज्ञवालीले आफ्नो धारणा राखेपछि बैठक सकिएको थियो । बैठकमा उठेका विषयलाई जोडेर राजनीतिक प्रतिवेदनलाई पूर्ण बनाउन समेत कमिटी सदस्यले माग गरेका थिए । छलफल सकिएपछि आजै बस्ने अर्को बैठकमा अध्यक्षद्वयले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि प्रस्तुत राजनीतिक प्रतिवेदन पारित हुने वा  परिमार्जन गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ ।

पूर्व प्रधानमन्त्री माधव नेपालले एसिया प्यासिफिक समिट बारे आफ्नो स्पष्टीकरण दिएका थिए। पूर्व प्रधानमन्त्रीहरुले पनि सम्मान लिएको बताउँदै उनले यसपटक भने आलोचना बढेको बताए।

आफूले जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले आगामी दिनमा सुधार्ने वा कार्यक्रम नगर्ने बारे सोच्न आग्रह गरे।

फिलिपिन्सबाट आइक्यापका प्रमुख समिटअघि आउँदा सबैले कार्यक्रमममा सहमति जनाएको माधव नेपालको तर्क थियो।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी