नेपालको लगातार दोस्रो जित

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाली महिला टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हातपारेको छ । नेपालले आइतबार भएको दोस्रो खेलमा मलेशियालाई पराजितगर्दै लगातार दोस्रो जितहातपारेको हो ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजितगरेको हो । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।

मलेशियाले दिएको ६२ रनको सामान्यलक्ष्य नेपालले १६ दशमल वदुई ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो । नेपालका लागि रोमाथापाले सर्वाधिक २० रनको योगदान दिइन् । त्यस्तै सीता रानामगरले १६ तथा ममता चौधरीले अविजित नौ रन जोडिन् । मलेशियाको अनाहमिजा र इनटान जामदहायु जाफरले एक÷एकविकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ६१ रनको योगफल बनाएको थियो । उसका सोली टिजिनले १२ तथा युसिरिना यकोपले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकजोड्न सकेनन् । उक्त खेलमा नेपालकी सरिता मगर एक्लैले ४ विकेट लिएकी थिइन् । नेपालले आफ्नो तेस्रो खेलमा सोमबार संयुक्त अरब इमिरेट्स (युएइ) को सामनागर्नेछ ।

थाइल्याण्ड क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता १८ तारिखसम्म चल्नेछ । प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्याण्ड, तान्जिनिया, हङकङ, भुटान, इण्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबिया प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली टोलीमा कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, उपकप्तान, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमाथापा, कविता कुँवर, डोली भट्ट, बिन्दु रावल र ममताकुमारी चौधरी छन् । महिला टोलीको प्रशिक्षकमा विनोद दास छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी