नेपालले मलेसिया र कुवेतसँग खेल्ने

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसिया र कुवेतको राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालले यही मार्चमा दुवै देशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जनाएको छ ।

एन्फाका अनुसार नेपालले २१ मार्चमा कुवेत र २६ मार्चमा मलेसिया मैत्रीपूर्ण खेल खेल्ने भएको हो । दुवै खेल उनीहरूकै मैदानमा हुनेछन् । यो टुर नेपाली नयाँ प्रशिक्षक योहान कालिनका लागि पहिलो हुनेछ । उनले यो आफ्ना लागि अनुभव बटुल्ने टुर हुने बताए ।

‘युवा खेलाडी थाइल्यान्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपका लागि प्रशिक्षणमा व्यस्त छन् । दुवै खेल मेरा लागि महŒवपूर्ण हुनेछन्,’ कालिनले भने, ‘पहिलो टुर भएकाले टोलीबाट अनुभव बटुल्नेछु ।’ कालीनलाई किरण श्रेष्ठले सहायक प्रशिक्षकका रूपमा साथ दिएका छन् । नेपालले कुवेतसँग पाँचौ र मलेसियासँग सातौ पटक खेल्न लागेको हो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी