नेपाली फुटबल विकासमा चीनले सहयोग गर्ने

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाली फुटबल विकासमा चीनले सहयोग गर्ने भएको छ । काठमाडौंमा बिहीबार नेपाली अखिल नेपाल फुटबल संघ (एन्फा) र चाइनिज फुटबल संघबीच सहयोग गर्ने सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका चाइनिज फुटबलका अध्यक्ष चाई झिन्हुआ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार वर्षे सम्झौता भएको हो । सम्झौताअनुसार चीनले नेपालको राष्ट्रिय टिम, पूर्वाधार र फुटबलको प्राविधिक विषय सहयोग गर्ने भएको छ । सम्झौतापछि बोल्दै एन्फा अध्यक्ष शेर्पाले यस सहकार्यले नेपाली फुटबल विकासमा महŒवपूर्ण भूमिका खेल्ने बताए । ‘हामीले नेपाली फुटबलको विकासमा नयाँ साझेदार पाएका छौं,’ शेर्पाले भने, ‘चीनको सहयोगमा सम्झौता अवधिमा नेपालले नयाँ उचाइ हासिल गर्ने विश्वास लिएका छौं ।’

‘यस सम्झौताले दुवै देशलाई फाइदा पुग्ने गरी पूर्वाधार विकासमा जोड र राष्ट्रिय टिमको आदानप्रदान जस्ता कार्यहरू हुनेछ,’ अध्यक्ष शेर्पाले थपे, ‘अब मोफसलमा आयोजना हुने प्रतियोगितामा चीनको प्रान्तीय र तेस्रो डिभिजनका क्लबले सहभागिता जनाउने छन् ।’

यस्तै चाइनिज फुटबलका अध्यक्ष झिन्हुआले महिला र युवा टिमबीच सम्बन्ध बनाउने आधार तयार भएको बताउँदै नेपालसँग मिलेर फुटबलमा धेरै काम गर्न सकिने बताए । ‘तिब्बत नजिक छ । हामी तिब्बतसँग जोडिएर फुटबलमा धेरै काम गर्न सक्छौ,’ अध्यक्ष झिन्हुआले भने, ’टिम आदान प्रदानबाट सुरुवात गर्छौं । अरू काममा विस्तारै अघि बढ्नेछौ ।’

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी