नेपाली श्रमिक लैजाने विधि र संयन्त्रबारे छलफल माघको पहिलो साता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं– नेपाली श्रमिक लैजाने प्रक्रियाको बारेमा छलफल गर्न जापानको प्राविधिक टोली नेपाल आउने भएको छ। श्रमिक भर्ती लगायत प्रक्रियाका बारेमा आगामि माघ पहिलो साता छलफल हुने भएको हो । आफ्नो तर्फबाट जापानले यस विषयमा प्रारम्भिक प्रस्ताव नेपाल पठाइसकेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानले पठाएको अवधारणा पत्रको अध्ययन गर्दै आफ्नो तर्फबाट पनि छलफलमा उठाउने विषयको तयारी गरिरहेको जनाएको छ । त्यसको पूर्वसन्ध्यामा नेपालका लागि जापानका राजदूत मासामिसी साइगोले श्रम मन्त्री गोकर्ण बिष्टसँग भेटघाट गरेका छन्।

भेटमा मन्त्री बिष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनौट प्रक्रियालाई पारदर्शी र भरपर्दो बनाउनु पर्नेमा जोड दिए। कामदारको योग्यता, क्षमता, सीप र दक्षताको आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्धारा कामदारको छनौट गरिने बताए । जापान जाने कामदार विचौलियाको फन्दामा नपरुन् भनेर आफुहरु सजग रहेको मन्त्री बिष्टको भनाई छ।

उनले जापान पनि नेपाली कामदारलाई पारदर्शी ढंगले लैजान लागि आवश्यक तयारीमा लागिसकेको बताए । अब बस्ने दुई देशको प्राविधिक टोलीले विधि र संयन्त्र तयार गरेपछि जापान नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु हुनेछ।

जापानले नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियासँग कामदार लिने निर्णय गरिसकेको छ।

विदेश कामदार नीति परिवर्तन गर्दै जापानले ९ देशबाट विदेशी कामदार लैजाने भएको हो। दक्षिण एसियाबाट नेपाली श्रमिक मात्रै जापानको रोजाईमा परेका छन्। विदेशी कामदार लिन १२६ वटा मापदण्ड समेत जापानले तय गरिसकेको छ।

१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी श्रमिकले काम पाउने छन्।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी