नेपाली हकि टोलिले पाकिस्तानमा बनायो नयाँ इतिहास

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

साजन शर्मा, मलायाखबर ।

बिश्व हकि संघ र पाकिस्तान हकि संघको आयोजनामा सन्चालन भएको हायर ओपन हकि सिरिज अन्तर्गत नेपाल र अफगानिस्तान बिच आज भएको प्रतिस्पर्धामा नेपाली हकि टोलिले अफगानिस्तान लाई 4-0 ले हराउँदै नेपाली हकि इतिहासमा पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गर्न सफल भएको छ ! डिसेम्बर 17 बाट सुरु भएको यो प्रतियोगिता नेपाल लगायत अफगानिस्तान, उज्बेकिस्तान र काजकिस्तानले सहभागिता जनाएका थिए, डिसेम्बर 17 मा भएको अभ्यास खेलमा पाकिस्तान प्रेसिडेन्ट 11 सङ 8-0 ले पराजित भएको नेपालले यो सिरिजको आफ्नो पहिलो खेल डिसेम्बर 18 मा काजकिस्तान सङ खेलेको थियो उक्त खेलमा नेपाल 6-0 ले पराजित भएको थियो । त्यसैगरी सिरिजको दोसो खेलमा नेपाल 4-0 ले उज्बेकिस्तान सङ पराजित भएको नेपालले आज यो सिरिजको अन्तिम खेलमा अफगानिस्तान सङ 4-0 ले जित हासिल गर्दै नेपाली हकि ईतिहासमा पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गर्न सफल भएको छ । आजको एतिहासिक जितमा खुशी व्यक्त गर्दै मलायाखबर सङको कुराकानी मा नेपालका मुख्य प्रशिक्षक रन्जन थापाले आजको जित एतिहासिक भएको र बिस्व हकि संघले आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलोपटक सहभागी जनाएको बताउनु भएको छ । यो भन्दा अगाडि नेपालले दक्षिण एसियाली खेलमा मात्रै सहभागी जनाएपनी कुनैपनी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म जित निकालेको थिएन र आजको जितसङै नेपालले बिश्व हकि वरियतामा पनि आफ्नो नाम लेखाउन सफल भएको प्रशिक्षक थापाले बताउनुभयो । आजको खेलमा नेपालको तर्फबाट सागर आचार्यले 2 गोल गर्न सफल भएर म्यान अफ द म्याच प्राप्त गर्न सफल भएका थिए ! नेपालमा हकि खेल्न प्रयोग हुने टर्फ मैदान न भएको अबस्थामा र बिनाकुनै तयारी आज पाएको यो एतिहासिक सफलता लाई निरन्तरता दिन र आउदो दक्षिण एसियाली खेलमा राम्रो प्रदर्सन लागि सरकारले पनि नेपालमा हकिको लागि अवस्यक पुर्वाधार र लोकप्रियतामा ध्यानदिनुपर्ने प्रशिक्षण थापाले बताउनु भयो साथै दक्षिण एसियाली खेलको लागि समयमै बिदेशी टोलीसित अभ्यास खेल र विभिन्न प्रतियोगिता हरु समयमै खेल्न पाए दक्षिण एसियाली रास्ट्र श्रीलंका जस्तो देशलाई सलिलै हाराउन र अरु दक्षिण एसियायी रास्ट्रहरु लाईपनि नेपालले टक्कर दिन सक्ने प्रशिक्षक थापाले बताउनु भयो । यो प्रतियोगिता तेसो स्थान हातपारेको नेपाली टोलि डिसेम्बर 24 मा नेपाल फर्कदै छ !

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी