नेपाल र मलेसियाबीच हुने खेल स्थगित

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महिनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।

 विश्व फुटबल महासंघ (फिफा) ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल संघबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले शनिबार विज्ञप्ति जारी गरी नेपाल र मलेसियाबीच आगामी चैत १२ गतेका लागि तय गरिएको मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग आगामी चैत ७ गते मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ । यसअघि मलेसिया र कुवेतसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो ।

नेपालले आगामी चैत १२ मा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । मैत्रीपूर्ण खेलका लागि एसियाली फुटबल महासंघ (एएफसी)ले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यस महिना कोटाभन्दा बढी खेल हुने भएका कारण (फिफा)ले अनुमति दिन अस्वीकार गरेको मलेसियाली फुटबल संघलाई उद्धृत गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी