पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष यूएई प्रहरीको हिरासतमा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

यूएई । नेपाल पत्रकार महासंघ, यूएई शाखाका अध्यक्ष भुपराज बस्याललाई यूएई प्रहरीले  पक्राउ गरेको छ । यूएईमा व्यवसाय समेत गर्दै आएका उनी कारोबार दैनिकका लागि यूएई प्रतिनिधिको रुपमा पनि काम गर्थै ।

अध्यक्ष बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि पक्राउ परेको नेपाल पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले खुलाएका छन । महासचिव सापकोटाका अनुसार पक्राउ परेको बारे बुधबार जानकारी आएको हो । चिनियाँ ग्राहकसँग लिनु पर्ने पैसा नदिएपछि सामान्य विवाद भएको थियो।

विवाद भएपछि घटनामा चिनियाँ नागरिकको कान्छी औँलामा चोट लागेपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए । घटनाबारे बुझ्न जाँदा प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ।

तर महासंघ पदाधिकारीले अध्यक्ष बस्यालसँग सम्पर्क गर्दा आफू यूएई बाहिर रहेको बताउदै आएका थिए । बस्यालसँग दुईसाता अघि फेसबुकमा सम्पर्क भएको र त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको सापकोटाले बताए।

अध्यक्ष बस्यालको विषयमा बाहिर आएका घटनाका बारेमा नेपाल पत्रकार महासंघले आज कार्यसमितिमा छलफल गर्ने जनाएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी