पाचौं वार्षिकउत्सब पारेर साहित्यिक चौतारी मलेसिया शाखाले मुक्तकमेला कार्यक्रम गर्ने।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

साहित्यिक चौतारी नेपालीको पाँचौ वार्षिक उत्सबको अबसर पारेर साहित्यिक चौतारी मलेसिया साखाले वार्षिक उत्सब विशेष मुक्तक मेला कार्यक्रम आयोजना गर्ने भएको छ।

मलेसियाको क्वालालम्पुर मा अबस्थित प्रोफिट एक्स्प्रेस होटेल क्वालालम्पुरमा आयोजन हुने उक्त कार्यक्रममा मलेसियाभरी छरिएर रहेका साहित्य प्रेमी हरुको जम्घट हुनुकासाथै मुक्तक बाचन हुने साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको अध्यक्ष रेशम रचित ले जानकारी दिए ।

कार्यक्रम मा डि.पि भावुक,किस्मत महतारा कलम,अनुरागी बम क्षेत्री ,कमल सरोवर,राजन कार्की , महेन्द्र सिंह ,सुमन पोख्रेल ,रिजन मगर, रशिक सरल ,विवस बुढाथोकी , खेम मगर ,दिवस कुमार के.सि ,अनुप मगर, देव दुखी बटला, दल बहादुर लामा,शिव अन्जान बुढाथोकी र राम प्रसाद सुवेदी संगम लगाएत ले आफ्ना साहित्यिक रचना हरु सुन्ने सुनाउने तय भएको मलेसिया सखाका अध्यक्ष रेशम रचित ले जानकारी दिए।

कार्यक्रम जनवरी २० तारीख का दिन आइतबार दिनको ११ बजे बाट हुने उक्त कार्यक्रममा साहित्य रचना मा रुचि भएका नयाँ रचना हरुलाइ समेत अबसर दिइने आयोजक कमिटीले जनाएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी