पुछारमा रहेको टोलीसँग पराजित हुँदै पिएसजी बाहिरियो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

लण्डन । पेरिस सेन्ट जर्मन (पिएसजी) पुछारको टोलीसँग पराजित हुँदै फ्रेन्च लिग कपबाट बाहिरिएको छ । फ्रान्सको उच्च डिभिजनको प्रतियोगिता लिग वानमा अपराजित रहँदै शीर्षमा रहेको पिएसजी लिग कपमा भने पुछारको टोली ग्वेनगाम्पसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । बुधबार राति आफ्नै घरेलु मैदानमा स्टार फरवार्ड नेमारसहित उत्रेको पिएसजी २–१ ले पराजित भएको हो । जितसँगै ग्वेनगाम्प भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पिएसजीले पछिल्लो पाँच वर्ष लगातार प्रतियोगिताको उपाधि उचाल्दै आएको पिएसजी यसपटक भने पुछारको टोलीसँग क्वार्टरफाइनलमा स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

योसँगै पिएसजीले कपमा ४९ खेलको अपराजितयात्रा समेत टुंग्गिएको छ । ब्राजिलियन फरवार्ड नमारले ६३औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । थोमस मुनिएरको कर्नरमा हेडर गोल गर्दै पिएसजीलाई उनले अग्रता दिलाएका हुन् । ग्वेनगाम्पले अन्तिम १० मिनेटमा दुई पेनाल्टी गोल गर्दै पिएसजीलाई स्तब्धपारेको हो । ८१औं मिनेटमा यानिएन बकोतो र थपिएको समयमामार्कस थुरामले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सेमिफाइनलमा पु¥याएका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी