पूर्व आईजिपी बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रहरी प्रमुख मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ । बिहिबार सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र पुरुषोतम भण्डारीको इजलासले भ्रष्टाचार मुद्दामा सफाइ  दिएको हो ।

विशेष अदालतले अवैध सम्पत्ति जोडेको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी ५३ लाख ६२ हजार बराबर असुल हुने फैसला सुनाएको थियो।

यसअघि न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर राणाको इजलाशले २०६४ जेठ १३ गते उनलाई सफाइ दिएको थियो।

२०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले उनको २ करोड ३८ लाख रुपैंया सम्पतिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो ।

बोहरा बि.सं. २०४९ देखि २०५३ सम्म प्रहरी महानिरीक्षक रहेका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी