प्रदेश नंम्वर ५ को प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर २६ गतेदेखि

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

रुपन्देही । प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउदे अधिवेशन मंसिर २६ गतेदेखि सुरु हुने भएको छ । प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले मंसिर २६ गते दिउसो १ बजे प्रदेश सभाको बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निणर्य गरेको छ ।

मन्त्रिपरिषदको बैठकले प्रदेश सभा बैठक आब्हान गर्न प्रदेश प्रमुख उमाकान्त झा समक्ष अनुरोध गर्ने निर्णय गरेअनुसार भोली मुख्यमन्त्रि शंकर पोखरेल र प्रदेशका प्रमुख सचिवले प्रदेश प्रमुखसंग भेट गरी प्रदेश बैठकका लागि आब्हान गर्न अनुरोध सहितको पत्र दिने प्रदेश सरकारका प्रबक्ता बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश सभाको अधिवेशन २६ गते सुरु भएपनि  पुष ५ गतेपश्चात नियमित रुपमा बस्ने छ ।

कांग्रेसको महासमिति सदस्यहरुको बैठक मंसिर २८ गतेदेखि पुष ४ गतेसम्म तय भएकाले सो बैठकमा कांग्रेसका प्रदेश सभा सदस्यहरु जाने भएकाले कांग्रेस महासमिति बैठक सकिएपछी मात्रै नियमित बैठक बस्ने मन्त्रि चौधरीले जानकारी दिए । आजको  मन्त्रिपरिषद् बैठकले दाङ घोराही ८ ढिकापुर गाउँलाई वडा नम्बर ९ मा गाभ्ने प्रस्ताव आएकाले स्वीकृत गर्दै संघीय सरकारलाई शिफारिस गरी पठाउने निर्णय गरेको छ ।

त्यस्तै सार्वजनिक खरिदसम्बन्धी कार्यविधि पारित गर्दै प्रदेश सहकारी विधेयक सदनमा पेश गर्ने निर्णय गरेको छ । प्रदेश सभाको यो हिउँदे अधिवेशनमा कानुन निर्माणलाई प्राथमिकता दिने सरकारको तयारी छ । त्यसका लागि सरकारले १५ भन्दा बढी विधेयकहरु तयार पारेको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी