प्रदेश नं ५ को प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

रुपन्देही  । प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठी  भैरहवामा सुरु भएको छ । वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठीको एक कार्यक्रमका बिच प्रदेश ५का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गरे ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्रीबरालले शिक्षा निजीक्षेत्रको हातमा गैसकेको र स्वास्थ्यलाई पनि त्यहि अबस्थामा पुराउन थालेको बताएका छन् । यदि शिक्षाको अबस्था जस्तो स्वास्थ्यको अबस्था रहे  स्वास्थ्य महँगोहुने र गरिबहरुले उपचार गर्न नसक्ने अवस्था श्रृजना हुने बताए ।

सबै मिलेर स्वास्थ्यलाई योअबस्थाबाट अन्त्यगर्नको लागी सरकारी स्वास्थ्य संस्थाहरुले  गुणस्तरीय र छिटो छरितो सेवा उपलब्ध गराउनु पर्र्ने बताएका छन । मन्त्री बरालले निति बनाउदा सरकारीलाई भन्दा बढी निजीलाई प्राथामिकता दिएको कारण  अहिले स्वास्थ्यको अबस्था नाजुक बन्दै गएको बताए  मन्त्री बरालले आफनोे देशमा भएका उत्पादन लाई प्रयो नर्गने बाहिरीको मुख ताक्ने  परम्पराको अन्त्य गर्नुपर्ने बताए ।

सामाजिक विकास मन्त्री बरालले अरुक्षेत्रमा  लगानी गरेको तत्काल देखिने र स्वास्थ्यक्षेत्रमा लगानी गरेको नदेखिने भएकोले  रिजल्ट खोज्नेलाई  तत्काल नदेखिएको बताए । स्वाथ्यको लगानी  दीर्घकालिन हुने र देसविकासमा महत्वपुर्ण रहेको बताए । प्रदेशमा स्वास्थ्यका थुप्रै समस्या छन तर अहिले हामी सामाना गरेर अघिबढेका छौ एक्लो प्रयासले नहुने भन्दै सबैको प्रयासले समस्या समाधन गर्न सजिलो हुने बताए ।

गोष्ठिमा बोल्दै  सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरीले प्रदेशको स्वास्थ्य अबस्था र चुनौतिको बारे जानकारी गराएका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईले स्वास्थ्यको अबस्था तथा कार्यदिशाको बारे जानकारी गराएका थिए ।

गोष्ठिमा औषधि ब्यबस्था बिभागका  महानिर्देशक नारायण प्रसाद ढकालले औषधिको अवस्था प्रदेशमा औषधिको माग उत्पादन  लगायतका बिषयमा जानकारी गराएका थिए। कार्यक्रममा  राष्ट्रिय स्वास्थ्य तथा सुचना केन्द्रका निर्देशक शुनिल शर्मा  समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी लगायतले बोलेका थिए ।

दुई दिन सम्म चल्ने प्रदेश  स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना  तर्जुमा गोष्ठीमा प्रदेश नं ५का १२ जिल्लाका स्वास्थ्यकार्यलयका प्रमुख हरुको सहभागि रहेको छ । कार्यक्रम कार्तिक ३० र मंसिर १ गते रहने निर्देशनालयले जनाएको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी