प्रसाद ट्रेलर – निःसन्तानको पीडा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । ‘प्रसाद’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर २१ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलरमा निःसन्तानको पीडा देखाइएको छ ।

सन्तान नहुँदाको पीडा र त्यसपछि परिवारमा आउने मानसिक द्वन्द्वको विषय उठान छ । शुक्रबार गायन रियालिटी शो नेपाल आइडलमार्फत प्रिमियर गरी सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की श्रीमान्श्रीमतीको भूमिकामा छन् । यी दुई सन्तान नहुँदाको पीडामा देखिएका छन् । चलचित्रमा अभिनेता निश्चल बस्नेतको मुख्य भूमिका छ ।

सन्तान नहुँदा श्रीमान्श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । निर्देशक राउतले मूलकथा प्रष्टाउन खोजेका छन् । चलचित्रको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुभाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिचेका हुन् ।

लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सहनिर्देशकका रूपमा छन् । सुभाष र कोशिष क्षेत्रीको संगीत रहेको चलचित्रमा हिमाल केसीको थ्रिल छ । शिव विकको कोरियोग्राफी रहेको चलचित्र उज्ज्वल पौडेल, मनोज राठी र गोविन्द शाहीले मिलेर वितरण गर्दैछन् । चलचित्रको यसअघि ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी