प्रियंका–आयुष्मानको ‘ढल्कीढल्की’ डान्स (भिडियोसहित)

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

 आउँदो कात्तिक १६ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘चंगाचेट’ को ‘ढल्की ढल्की’ बोलको नृत्य गीत सार्वजनिक गरिएको छ । गीतमा अल्मोडाराना उप्रेतीको स्वर छ भने हरिहर तिमिल्सिनाको शब्द, मिस्टर आरजेको संगीत छ । भिडियोमा चलचित्रका मुख्य कलाकारलाई फिचरिङ गरिएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आर एल राणा, रविन्द्र झा र सन्दीप क्षेत्रीलाई देख्न सकिन्छ ।

भिडियोमा आयुष्मान र प्रियंका, रविन्द्र र सुरक्षा, सन्दीप र परमितालाई जोडी बनाइएको छ । चलचित्रले नक्कली नोटको कथालाई उठान गरेको छ । निरज कँडेलको छायांकन, प्रवीण सिंहको कोरियोग्राफी रहेको यो भिडियो आकर्षक छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी