प्रेमको भाकामा “के छ बिचार साली” सार्बजनिक – भिडियो सहित ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

सुजन बिश्वकर्मा

दिपिका म्युजिकको प्रस्तुति रहेको ” के छ बिचार साली” बोलको गीत सोही म्युजिक कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

चर्चित संगितकार प्रेम सापकोटा सोनुको लय तथा परदेशमा रहेर पनि आफ्नो कलाको सहि सदुपयोग गरि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहु प्रतिभाका धनी निर्देशक , मोडल तथा सर्जक दिपक कडेल र रामु जि.सि को संयुक्त शब्दमा सृजना गरिएको गीतलाई कृष्ण बि.क”भान्जा”ले एरेन्ज गरेका छन ।

लोक दोहोरी क्षेत्रमा लामो समय देखि चर्चाको शिखरमा रहेका बहुचर्चित गायक बद्री पंगेनी र गायिका श्रीदेवी देवकोटाको सुमधुर स्वर रहेको गीतलाई तारा खोला म्युजिक प्रा.लीले बजार ब्यबस्थापन गरेको छ ।

पछिल्लो समय सांगीतिक क्षेत्रमा अति ब्यस्त रहने चर्चित निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा बहु प्रतिभाका धनी गायक तथा मोडल प्रकाश सपूत चर्चित मोडल रिना थापा सँगै गायिका श्रीदेवी देवकोटाको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै प्रकाश धमलाले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस :

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी