फिल्ममा आउँन चाहान्छिन् नम्रता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । पश्चिम नेपालको बुटवल शहरमा जन्मिएर काठमाडौंमा आफ्नो करियर बनाउन लागेकी मोडल नम्रता अर्याल मोडलिङ क्षेत्रमा चर्चित नाम हो । मोडलिङ क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल नम्रता चलचित्रमा डेब्यु गर्ने तयारीमा छिन् । यसअघि पनि उनलाई चलचित्रको अफर नआएका भने होइनन् तर, आफूलाई मन छुने कथाको अभावमा नम्रताले चलचित्रको निम्ति यात्रा तय गरेकी छैनन् । विगत पाँचवर्ष पहिले सम्पूर्ण परिवार बुटवलबाट काठमाडौं आएपछि उनी पनि काठमाडौं आएकी थिइन् । प्लस टुसम्मको अध्ययन बुटवलमै गरेकी उनले काठमाडौंमा स्नातक अध्ययनसँगै मोडलिङ क्षेत्रमा अघि बढेकी हुन् । आफूले चाहेजस्तो कथा तथा भूमिकाको चलचित्रको पर्खाइमा रहेकी नम्रता अर्यालसँग गरिएको कुराकानीका केही अंशः

तपाईको रोजाइमा ग्ल्यामर क्षेत्र नै पर्नुको कारण के हो ?

बुटवल बसेर प्लस टु गरिसकेपछि बीचमा केही समय खाली भएको थियो । त्यही खाली समयमा मलाई यो क्षेत्रप्रति आकर्षण बढ्न थाल्यो र एकपटक अडिसनमा भाग लिए । त्यही अडिसनमा छानिन पुगेपछि मेरो यात्रा अहिले यहाँसम्म आइपुगेको हो ।

तपाईंको अबको लक्ष्य ठूलो पर्दाको फिल्म हो ?

फिल्म गर्ने भन्ने त मेरो पहिलेदेखिको लक्ष्य नै हो । यसभन्दा अघि अफर नआएको पनि होइन तर, पढाइका कारणसँगै कथावस्तुको अरूचीका कारण पनि त्यो फिल्म मेरो रोजाइमा परेन ।

फिल्म पाउन केही गुमाउनुपर्छ भन्छन्, साँचो हो ? 

सुन्न त मैले सुनेकी छु । तर, डरभन्दा पनि आफूमा हुने कन्फिडेन्स ठूलो कुरा हो । आफू कुन बाटो जाने र के गर्ने भन्ने कुरा बुझेर गएपछि त्यस्ता खालका समस्या सामान्यरूपमा चिर्न सकिन्छ जस्तो लाग्छ । सोच्न त सबैले यसलाई नेगेटिभ लाइन भनेर सोच्छन् तर, सबैलाई एउटै ड्याङमा राखेर सोच्न मिल्दैन ।

चलचित्र क्षेत्रलाई कतिले नराम्रो क्षेत्र भन्छन् नि तपाई के भन्नुहुन्छ ?

आफ्नो काममा भरपर्ने कुरा हो । अब, मैले राम्रो काम गरे मानिसले राम्रैरूपमा लिन्छन् तर, गलत काम गरे भने उनीहरूले मलाई नकारात्मक तरिकाले लिन्छन् । त्यसैले समग्रमा राम्रो काम गर्नु र राम्रो सन्देश प्रवाह गर्नसक्नु नै यो क्षेत्र राम्रो छ भन्ने टिप्स हुनसक्छ ।

तपाईंसँग भिन्न क्षमता के छ जुन निर्माता र निर्देशकलाई आकर्षक लागोस् ?

मेरो अदभूत क्षमताभन्दा पनि मैले यसअघि गरेका काम र मेरो प्यासन नै हो जस्तो लाग्छ ।

तपाईलाई आफ्नो सबैभन्दा ग्ल्यामर अथवा आकर्षण केबाट झल्किन्छ जस्तो लाग्छ ? 

मलाई आफूलाई भन्दा पनि अरूका अनुसार मेरो सेक्सी र आकर्षण आँखामा छ अरे । धेरैले भनेकाले मलाई पनि हो कि जस्तो लाग्छ ।

तपाईं कस्तो खालको फिल्मको खोजीमा हुनुहुन्छ ? 

स्टोरी तथा कन्सेप्ट आफूलाई सुहाउँदा खालको फिल्मको खोजीमा छु । धेरै खुलापनभन्दा पनि रमाइलो तथा आफ्नो क्यारेक्टर स्ट्रङ भएकोे खोजीमा छु ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी