फोटो– काठमाडौंमा सरर विजुली बस

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

ललितपुर । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।”

उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उनले बताए । आगामी दिनमा विद्युतीय सवारीको प्रबद्र्धन गर्दै जाने उनको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उनले बताए । उनले भने, “अरु निकायसँग सहकार्य बढाएर विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ ।”

सरकार सार्वजनिक यातायातको स्तर र गुणवृद्धि गर्नमा प्रतिवद्ध भएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायातले काठमाडौँमा मंगलबारदेखि सञ्चालनमा ल्याएको विद्युतीय बस शुभारम्भ समारोहको उद्घाटन गर्दै ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी