बलात्कारपछि हत्या गरिएकी निर्मलाको परिवारमा किचलो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कञ्चनपुर । निर्मलाको परिवारमा विवाद चर्किएको छ । निर्मलाकी आमा दुर्गादेविले सरकारले दिने राहत रकम बुझ्ने भनेपछि पन्त परिवारमा विवाद चर्किएको हो ।

बुधबार निर्मलाकी आमाले रगतको नमुना संकलन गरेर प्रहरीलाई बुझाएपछि संचारकर्मीसँग बोल्दै आफूले निर्मलाका लागि सरकारले दिएको राहत रकम बुझ्ने बताएकी थिइन् । पन्तले राहत बुझ्ने भनेपछि उनका श्रीमान र सौताले असन्तुष्टि जनाउदै उनीमाथी दूव्यहार गरेका  छन् ।

बिहिबार बिहान भान्छामा खाना पकाउँदै गरेकी उनलाई श्रीमानले आफ्नो सहमति बिना रगतको नमुना संकलन गरेको भन्दै राहत रकम नबुझ्न धम्की दिदै हातपात गरेका हुन् ।

परिवारको सल्लाह बिना रगतको नमुना संकलन गरेको र निर्मलाकी आमाले राहत रकम बुझ्ने भनेपछि श्रीमान श्रीमति बिच झगडा भएको छिमेकी मञ्जु भट्टले बताइन् ।

‘आन्टीले हिजो डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरेर आउनुभएछ’, उनले भनिन् ‘अनि पत्रकारसँग राहत पनि बुझ्ने भनेपछि त्यहि विषयमा कान्छी आन्टी र अंकल आएर किन बुझ्छेस् भन्दा झगडा भयो ।’

यता, निर्मलाकी बुवा यज्ञराज पन्तले भने आफूहरु निरन्तर धर्नामा बसिरहेकाले श्रीमतिलाई तत्काल राहत रकम नबुझ्न भनेको बताए ।

‘हामी दुई महिनादेखि धर्नामा छौ’, उनले भने ‘अहिले नै राहत किन बुझ्नु पर्यो ? सरकारले दिएको राहत कहिँ जाँदैन । त्यसैले अहिले नबुझ्, न्याय पाएपछि बुझौला भनेको हु ।’

रगतको नमुना दिदा आमा माथी नै आरोप

छोरीको स्वाबमा भएको डिएनए बास्तविक भए नभएको पुष्टि गर्न रगतको नमुना संकलन गरेर प्रहरीलाई भन्दै निर्मला र उनकी कान्छी श्रीमति लक्ष्मी पन्तले दुर्गादेवि माथी नै छोरी मारेको आरोप लगाएका छन् ।

डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथी दूव्र्यवहार गर्दै छोरीको हत्याको आरोप लगाएको दुर्गादेविले गुनासो गरिन् ।

‘निर्मलाको स्वाबमा भएको डिएनए सहि हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौ’, उनले भनिन् ‘बुवा र मेरा रगतको नमुना लिने कुरा थियो । म तीन चार दिन जिप्रका गए तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना संकलन गरे ।’

छोरीको घटना भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएकाले आफूले राहत रकम बुझ्ने निर्णय गर्दा हत्याकोे आरोप खेप्नुपरेको उनको भनाइ छ ।

‘निर्मला मेरी छोरी हो । मैले जन्माएकी हुँ’, उनले रुदै भनिन् ‘अहिले लोग्ने र सौताबाट त्यहि छोरीलाई तैले मारिस भन्ने आरोप खेप्नुपर्यो ।’

श्रीमानले डिएनए परिक्षणका लागि रगतको नमुना नदिएको प्रति उनले शंका व्यक्त गरिन् ।

‘हिजो सबैले निर्मलाको स्वाबमा भएको डिएनए सही हो कि होइन भनेर जाँच गर्न माग गरे’, उनले भनिन् ‘आज मैले त्यसका लागि रगतको नमुना दिदा किन आरोप खप्नुपर्यो । अनि बुवाले किन रगतको नमुना दिन खोज्दैछैनन् ? यो शंकाको विषय हो ।’

उनले सौतामाथी पनि शंका रहेको जिकिर गरिन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी