बहुमूल्य बस्तुसहित दुई जना पक्राउ

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कैलाली । सुदूरपश्चिम प्रवेशद्धार कैलालीको चिसापानीबाट प्रहरीले दुई किलो तीन सय ग्राम सुन र चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरी सुन र चाँदी सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो ।

राति साढे ११ बजे चिसापानीमा प्रहरीले चेकजाँचका क्रममा दुई किलो तीन सय ग्राम सुन र चादी सहित दुई जनालाई पक्राउँ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुन चाँदी ओसार पसारमा संलग्न कार चालक धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलालीको कैलारी गाउँपालिका–५, कि २५ वर्षीया सिताकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट दुई किलो सुनसहित चाँदीको फ्रेम थान ४३, करुवा थान १०, आचमनी ३२, नग सहितको औठी थान १८, टिकादानी १२, सतपाला थान ७, पञ्चपाक थान ३२ सहित ३ थान मोबाइल सेट र बा १९ च ७४१३ नम्बरको कार पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।

थप कारबाहीका लागी बरामद सुनचाँदी सहित पक्राउ परेका दुबै जनालाई राजस्व अनुसन्धान विभाग मध्ये तथा सुदूर पश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पठाईने तिम्सिनाले बताए ।

यसअघि गत फागुन २ मा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट १८ किलो सुनसहित २ जना र फागुन ३ मा कञ्चनपुरकै शुक्लाफाटा नगरपालिका–११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद भएको थियो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी