बुलबुलको गीत रिलिज गर्ने नयाँ शैली

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । चलचित्र ‘बुलबुल’ले गीत रिलिज गर्ने नयाँ शैली अपनाउने भएको छ । फरक तरिकाको प्रमोशन रणनीति अपनाउँदै आउँदो १५ गते ‘खुद्राखुद्री’ बोलको नयाँ गीत रिलिज गरिने भएको हो ।

फ्ल्यास मोब शैलीमा भीडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नेछन् र गीत सार्वजनिक हुनेछ । काठमाडौको काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा गीत रिलिज हुनेछ । १५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेका डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम छ ।

चलचित्रका निर्माता अविरल थापाका अनुसार काठमाडौं बाहिर स्वयंसेवी डान्सर खटाइएको छ । काठमाडौंको काठमाडौ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खड्का र कलाकार मुकुन भुसालले अरूसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युट्युब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चिसवटा टेम्पो र सय जनाको कोरससहित चारदिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् । चलचित्र आउँदो फागुन ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी