बेलायतमा आप्रवासीविरुद्ध कडा नीति प्रस्ताव

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

लण्डन । बेलायतको युरोपेली संघ (ईयू) बाट बहिर्गमनपछि ईयू क्षेत्रबाट बेलायत आप्रवासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यावसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रवासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।

बेलायती गृहमन्त्री साजित जाबिदले भने, ‘ब्रेक्जिटपछि ईयु सदस्य राष्ट्रहरूबाट बेलायत आउने नागरिकलाई भिसाको व्यवस्था गरिनेछ र नयाँ नियमानुसार योग्यताका आधारमा प्रवेश गर्न पाइने व्यवस्था गरिनेछ । तर राष्ट्रियताका आधारमा होइन । यसले ईयु र ईयुबाहेकका व्यक्तिलाई बेलायत प्रवेशमा समानता ल्याउनेछ ।’ यो कुल आप्रवासन समस्यालाई व्यवस्थित गर्न र दीर्घकालीन सामाधानको बाटो तय गर्ने महŒवपूर्ण आधार बन्ने उनले बीबीसी रेडियोसँगको कुराकानीमा भनेका थिए ।

जाविदले ईयुबाट बेलायत गएर काम गर्दै आएका आप्रवासीलाई वार्षिक ज्याला कति तोक्ने भन्नेबारे निश्चित रकमको प्रतिबद्धता जाहेर गरेका छैनन् । तर यो ३० हजार पाउण्डस्टर्लिङ डलरदेखि ३८ हजार पाउण्डस्टर्लिङ वा त्यही घेरामा रहने प्रस्तावमा उल्लेख रहेको उनले बताए । न्यूनतम वार्षिक तलबको सीमारेखालाई विदेशी विद्यार्थीलाई बेलायत प्रवेश र काममा प्रोत्साहन साथै बेलायती अर्थतन्त्रको निश्चित भागमा योगदान होस् भन्ने अभिप्रायका साथ निर्धारण गरिएको उनले बताए ।

सन् २०१४ र सन् २०१५ तिर बेलायतमा बसोबास गर्ने आप्रवासीको संख्या तीन लाखभन्दा बढी रहेकोमा गत वर्ष यो संख्यामा कमी आएर झण्डै दुई लाख ८० हजार पुगेको बताइएको छ । ब्रेक्जिट सम्झौताबाट बेलायती व्यवसायी प्रभावित बन्ने त्रासले उनीहरूले निरन्तर ईयुबाट बहिर्गमनपश्चात् बेलायत ईयूप्रति लचकदार रहनुपर्ने धारणा राख्दै आएका छन् ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी