भारतीय नोट र नेपाल सरकार

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

आफ्नो पिठ्यूमा आपैmँ धाप मार्ने शैलीमा भारतीय दुई सय, पाँच सय, एक हजार र दुई हजारका नोटहरूमा प्रतिबन्ध लगाएको बहादुरी देखाइँदैछ । सरकारका नियुुक्त ‘अरिंगाल’ चाकरी देखाउने ‘अरिंगाल’ सबै यो कदमको स्तुति गायनमा व्यस्त देखिन्छन् । कोहीकोही त यसले भारतमा रुवावासी मच्चिएको भन्न पछि परेका छैनन् । यस्ता कुरा पत्याउनुभन्दा पहिला के बुभ्mन जरुरी छ भने यो कदम के हो अनि यसले भारत वा नेपाल कसको स्वार्थ हेरेको छ त्यो विवेचना आवश्यक छ । यसको अल्प इतिहासमा जानुभन्दा पहिला हालैको भारतको ‘नोट बन्दी’ कस्तो रहृयो त्यो हेर्न आवश्यक छ ।

कालो धन, विदेशमा रहेको खाता आदि यस्ता विषय हुन जुन सधैँ असरदार नै रहन्छन् । अझ त्यो रकम ल्याएर जनतामा बा“डने भन्ने सांकेतिक कुरा आयो भने त प्रशंसा नै थामिनm सक्नुको हुन्छ । आफूलाई विकास पुरुषको रूपमा उभ्याउन रुचाउने मोदीले भाजपालाई यस्तै आर्थिक नारामा अभूतपूर्व जित दिलाए । त्यसले हौसिएर करिब चालीस वर्ष पहिले अर्का गुजराती प्रधानमन्त्री मोरारजी भाइ देशाईले गरेजस्तै पाँच सय र एक हजारका नोट एकाएक बन्द गर्न पुगे । यो नोटबन्दीले भारतीय जनताले महाकष्ट पाए । गोजीका सबैजसो पैसामा एकाएक पक्षघात लाग्यो, यही झोकमा केहीले पाँच सय र एक हजारका नोट बगाए पनि फाले पनि ।

यसलाई मोदीभक्तहरूले कालाधन फालिएको र मोदीको कदम सफल भएको तर्क दिए । तर, त्यसपछि आएको भारतीय रिजर्ब बैंकको प्रतिवेदन आश्चर्य चकित पार्ने खालको थियो । उसको भनाइअनुसार निष्काशित पाँच सय र एक हजारका उनान्सय प्रतिशत नोट बैंकमा फिर्ता भए । अर्थात् नोटबन्दी गरेर कालाधन कब्जा गरी विकास गर्ने कुरो ‘हावामहल’ भयो । जनताले भोगेको त्यो कष्ट बेकार नै गयो, उल्टो नेपाललगायत छिमेकमा रहेको दाबी गरिएका नोट वापस लिँदा शतप्रतिशतभन्दा धेरै हुने भयो । यसबाट यस चक्करमा भारतमा रहेको नक्कली नोटको बिगबिगीमा केही ती नक्कली नोट पनि रिजर्भ बैंकमा साटिन सफल भए भन्ने प्रष्ट भयो । यो झोकमा ‘जो होचो त्यसको मुखमा घोचो’ का शैलीमा नेपाललगायत छिमेकका केन्द्रीय बैंकमा रहेका आफ्ना नोट अस्वीकार गरियो ।

हालै सम्पन्न प्रान्तीय निर्वाचनमा ती प्रान्तका जनताले नोटबन्दीको पीडाको बदला लिए । जब सरकार बहुमतको घमण्डमा चुर भएर जनताको पीरभन्दा आफ्नो छवि ठूलो सम्झन र जनताले व्यक्त गरेका पीडाको ओठे जवाफ दिन थाल्छ तब त्यो जनताभन्दा टाढा हुनपुग्छ । यो कुरा नेपाल भारतजस्ता मुलुकहरूमा मात्र होइन संसारभरि लागू हुन्छ । गणतन्त्र प्रजातन्त्र आदिमा मात्र होइन तानाशाहीमा यही नियम लागू हुन्छ, अनि यो टाढापनले सबैजसोलाई पतन गराउँछ । केही ढिलोछिटो होला तर पतन अवश्यंभावी छ ।

नेपाल सकारले वैधानिकरूपमा आफ्नो केन्द्रीय बैंकमा रहेका पाँच सय र हजारका भारतीय नोट फर्काउन सकेन । न त ती नोट फर्काउन आर्थिक दबाब दिनसक्यो । यो अस्वाभाविक होइन किनभने वर्तमानमा नेपालको अन्तर्राष्ट्रिय मान शून्यसरह छ । नेपालबाट विदेश गएका प्रतिनिधि मण्डलले राष्ट्रको महिमाको कुन मान राख्छन् त्यो राजदूतबाट फर्केकाहरूसँगको अनौपचारिक र सार्वजनिक नगर्न अनुरोध गरिएका स्मरणहरूले प्रष्ट पार्छन् । आत्मकथा लेख्ने र त्यसमा पद तथा गोपनीयताको आफूले लिएको सपथको उलंघन गर्ने हावा कुनै त्यस्ता राजदूतलाई लागेछ भने अवश्य सार्वजनिक हुन्छ नै । आर्थिकरूपले दबाब दिन नेपालको अर्थतन्त्रको आकारको क्षमता पुग्दैन । कूटनीतिक पहलका पोलहरू बेलाबेलामा सुष्मा स्वराजहरूले उनीहरूको संसद्मै खोलिदिएका छन् ।

प्रष्ट शब्दमा भन्नुपर्दा भारत नेपाललाई नक्कली भारतीय रुपैयाँको आवागमनको मार्ग मान्छ । यो कुरा उसले सबै किसिमले भन्दै आएको छ । तर, राजा महेन्द्रले नेपालमा नेरु भन्दा बलियो भएको भारुलाई विनिमयमा लगाएको रोक तोड्नु उसको लक्ष्य छ । १६ जनवरी १९७८मा मोराजी भाइ देशाईले एक हजार पाँच हजार र दश हजारका भारु नोट बन्द गर्दा नेपालका तराईमा नै सय दरका भारु नोट नदेख्ने नै धेरै थिए । विदेशी विनिमय (नियमित गर्ने ) ऐन २०१९ले विदेशी मुद्राबिना इजाजत बोक्नसमेत प्रतिबन्ध लगाएको थियो । यो भारुलक्षित थियो भन्न जिब्रो चपाउन पर्दैन । विदेशी मुद्राबिना उचित कारण र इजाजत साथमा राखेको पाइएमा जफत गरेर बिगोको तीन गुनासम्म जरिवाना गर्ने कानुन थियो ।

पञ्चायतको समाप्तिपछि कानुनी वैधता नहु“दानहु“दै पनि केही प्रतिशत कारोबार भारुमा हुन थालेका छन् । यो सीमा क्षेत्रमा भएको कारोबारभन्दा बेग्लै हो, सीमा क्षेत्रमा त दवैतिर नेरु भारु दुवैमा कारोबार कहिल्यै रोकिएन, यसलाई विशेष अवस्था भनियो । मोरारजीले नोट रद्द गर्दाको अवस्थामा त्यसको मोल के थियो भन्ने बताउन भन्ने गरिन्छ त्यसबेलाको एक हजारले दक्षिणी मुम्बईमा पाँच वर्गफिट जमिन किन्ने हैसियत राख्थ्यो । दक्षिणी मुम्बई सबैभन्दा महँगो इलाकामध्ये एक हो । जब पैसाको अवमूल्यन भयो सयको नोटले व्यवहार नचल्ने भयो । भारतले पाँच सय र हजारका नोट फेरि छाप्यो । नेपालमा आफ्नो मुद्रा पुनःप्रतिस्थापन गर्न उद्धत भारतले पाँच सय र हजारका नक्कली नोट नेपालबाट छिर्छ भनेर नेपालबाट नलिने भयो, अर्थात् नेपालमा प्रतिबन्धित ग¥यो ।

त्यतिमात्र होइन, लुकीछिपी आउने खतरामा नेपालमा कसैसँग सो दरका भारु भेटिए जेल हुने कानुन बनाउन लगाउन सफल भयो । यो अपमानजनक व्यवहार मोदी सरकारमा आएपछि हटाइयो तर नोटबन्दीमा नेपालसँग रहेका नोट भने स्वीकार गरेन । अनि नया“ प्रचलनमा ल्याइएका पाँच सय र दुई हजारका नोट पनि नेपालबाट स्वीकार नगर्ने भयो । तैपनि भारतीय मुद्रा नेपालमा चलन हुने भएकाले ती नोटहरू जनस्तरमा विनिमय भइरहे । त्यो रोक्न दिइएको दबाबस्वरूप भारु दुई सय, पाँच सय अनि दुई हजारको नोट सरकारले अवैध घोषणा गरेको होइन भनेर सरकारले कुनैबेला सावित गर्नुपर्ने अवस्था आउनसक्छ ।

भारतीय ठूला नोट नेपालले अवैध घोषणा गर्दा भारतलाई हुने घाटा त्यतिसारो देखिँदैन । उसैपनि भारत नेपालको बैंकमा भन्दा बजारमा भारतीय नोट रहोस् भन्ने चाहाना राख्छ । उदाहरणका निमित्त इन्डियन आयल कर्पोरेसनले भारतीय मुद्रामा इन्धनको भुक्तानी लिँदैन । त्यस्तै धेरै विनिमयमा भारतले भारतीय मुद्रा होइन नेपालले अन्य परिवत्र्य विदेशी मुद्रामा भुक्तानी मागेका समाचार बेलाबखत आउने गर्छन् । बरु ठूला मुद्रा नेपालले नलिँदा उसलाई फाइदा धेरै देखिन्छ । उसले आरोप लगाउने गरेको पाकिस्तानी गुप्तचर संस्थाले नेपालमार्पmत् पठाउने भारतीय नोट रोकिन्छ । सरकारको यो निर्णयले भारतले लगाएको यो आरोप स्वीकार गरेजस्तो देखिन्छ ।

भारतबाट काम गरेर आउने नेपालीहरूले ल्याउने रकम सयका नोटमा बोक्न असुविधा हुन्छ । तीर्थस्थलमा डोकामा तीर्थयात्री बोक्नेलगायतका कठिन श्रम गरेर कमाउनेले बैंकमार्पmत् आफ्नो कमाइ ल्याउनसक्दैनन् । यस अवस्थामा आफ्नो मिहिनेतको कमाइ भारतमै छोडेर अलिअलि गरेर ल्याउनुपर्ने हुन्छ । अर्थात् भारतबाट रेमिट्यान्स नेपाल आउन धेरै कम हुन्छ । कतिपय भारतीय सेनालगायतमा काम गर्नेहरूले छुट्टीमा आउँदा आफूले चाहेजति रकम नेपाल ल्याउन पाउँदैनन् । यसरी नेपाल भित्रनुपर्ने रकम नियन्त्रण हुन्छ । यो पक्कै पनि नेपालको निमित्त फाइदाजनक होइन बरु भारतीय अर्थतन्त्रमा भने यसले सकारात्मक भूमिका खेल्छ ।

नेपालका आ“खालगायतका अस्पतालमा भारतीय बिमारीको संख्या ठूलो हुनेगर्छ । यस्ता कति भारतीय सेवाग्रही हुने वा ग्राहक हुने प्रतिष्ठानहरूले नेपाल राष्ट्र बंैकबाट भारु स्वीकार गर्ने इजाजत पनि लिएका छन् । यो स्वास्थ्य पर्यटनले भारतसँगको व्यापार घाटा अलिकति भए पनि कम गरेको छ । यस्ता स्थानमा तिरिने दशौं हजारको भुक्तानी सय दरका नोटमा भएमा निश्चयै पनि विनिमयको गति कम हुन्छ । लाख रुपैयाँ सयको रूपमा ल्याउँदा दश गड्डी बोक्नुपर्ने हुन्छ । त्यो कति असुविधाजनक छ भनिराख्नुपर्ने कुरा होइन । त्यस्तै, दश हजार भारुको भुक्तानी लिनेदिने काममा नोट गन्दा लाग्ने समयले सेवाको गुणस्तरमा असर पु¥याएको हुन्छ ।

नेपालमा नेपाली मुद्रामै कारोबार हुनुपर्छ, यो कुरामा कुनै विमति छैन र हु“दैन पनि । तर, एक नेपालीले भारतमा कमाएको रकम घर ल्याउन पाउनुपर्छ कि पर्दैन ? कुनै भारतीयले नेपाल आएर गरेको खर्च नेपालको व्यापार हो कि होइन ? हो नेपाल सरकारले जथाभावी भारुलगायत विदेशी मुद्रा मुलुकमा चलनचल्ती हुनबाट रोक लगाउनुपर्छ तर त्यसको उचित र सुलभ सटहीको व्यवस्था पनि गरिनुपर्छ । नेपालमा भारु आउँनै व्यवधान हुने गरेर कानुन बनाउनुको साटो बरु कमाएको भारु भारतसँगको व्यापारमा प्रयोग गर्नु ठीक हो कि दुई सय, पाँच सय र दुई हजारबाहेक अन्य भारुलाई बजारमा नाच्न खुल्ला छोड्नु ठिक ? अनि सरकारको यो निर्णयले भारतमा रुवावासी हुन्छ कि खुशीयाली, सोच्न आवश्यक छ । (कार्की विराटगरबाट लेख्छन् ।)

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी