भोग विलास नै लक्ष्य भएपछि

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

प्रजातन्त्रको पुनप्र्राप्तिपछि निकै माथिल्लोस्तरका नेतामा परिणत हुन पुगेका एकजना वामपन्थी नेता तथा बुद्धिजीवी पञ्चायतकालमा पम्प्लेट छाप्न एउटा प्रेसमा पुगेका थिए । त्यही प्रेसमा कुनै काम लिएर मोटर चढेर आएका एकजना धनीमान्छे आफ्नो काम सकेर फर्किएपछि उनले आफ्नो साथीसँग भने, ‘कामरेड, हाम्रा पनि यस्ता दिन आउलान् कि ¤’ पछि ती दिनको सपना देख्ने व्यक्ति अहिले नेकपाको पोलिटब्युरोमा छन् । मन्त्रीसमेत भइसकेका उनी महँगो गाडी चढ्नेमध्येका एक हुन् ।

मान्छे विलासका लागि मरिमेटेर लाग्छ । जोसुकैको पनि लक्ष्य भनेकै विलास हो । आफ्नो विद्यमान हैसियतभन्दा ऊ सधैँ माथि जान चाहिरेको हुन्छ र त्यसकै लागि संघर्ष गरिरहन्छ । सुकुम्वासी एक मानो खान पुग्ने हैसियत बनाउन चाहन्छ भने लखपति करोडपति बन्न चाहन्छ । यसैगरी करोडपतिको चाहना अर्बपति बन्ने हुन्छ । एवं रीतले ऊ प्रगति खोजिरहन्छ । आर्थिक प्रगतिले विलास निम्त्याउँछ तर यो अनियन्त्रित भयो भने यसबाट विकृतिले जन्म लिन्छ ।

नेपालका वर्तमानका शासकहरूको भोग विलास शून्यबाट सुरु भएर यहाँसम्म आइपुगेको छ । आफैँले जनयुद्ध नाम दिएर धेरै नेपालीको बेहाल बनाएका वनवासबाट एकैचोटि महल प्रवेश गर्न पाएका छन् । उनीहरूको यो विलास चीरस्थायी होला कि नहोला त्यो अहिले नै ठोकुवा गर्ने बेला भएको छैन । तर, पैसाले निम्त्याउने विलास उनीहरूको ढुकुटीमा पैसा हुँदासम्म स्वतः नै टिकाउ हुन्छ भन्ने अन्दाज गर्दा पनि फरक नपर्ला । उनीहरूको विलास विकृतिबाट बँच्न सक्छ कि सक्दैन भन्ने कुरो भने महŒवको हुनजान्छ ।

इतिहास हेर्ने हो भने मल्ल कालका कान्तिपुरका राजा प्रताप मल्ल निकै सुधारवादी र प्रजावत्सल राजा मानिन्छन् । उनी विकासप्रेमी पनि मानिन्छन् । उनले हनुमान ढोका दरबार, रानी पोखरीलगायत संरचना बनाएका थिए तर अर्कातिर उनी भोगी र विलासी राजा थिए । उनका दरबारमा उनका ३०० जना रखौटी केटी थिए । विलासको भोक कहिल्यै टुंगिदैन । यति भएर पनि उनमा रजस्वलापूर्व कुनै केटीको भोगको इच्छा जाग्रित भयो र उनले एउटी १३ वर्षे केटीसँग सहवास गरे । त्यो केटी डरले मरी । पापको डरले राजाले तुलादान गर्नुप¥यो ।

काटमार र हिंसाबाट सत्ता कब्जा गरेका जंगबहादुर राणाको अर्जुनदृष्टि शासनमा मात्रै हुनुपथ्र्यो तर उनका पनि भोग विलासका कथा अनगिन्ति छन् । उनी मर्दा १३ जना स्वास्नी सती गएका थिए । उनका पनि दरबारमा धेरै केटी भोग विलासका लागि राखिएका थिए । यतिमात्रै होइन उनले बेलायतको भ्रमण गर्दा बेलायतमा एक सुन्दरी बेश्यासँग एक रात बिताएका थिए । त्यो महँगी बेश्यालाई उनले त्यो बेला नै साढे दुई करोडजति नेपाली रुपैयाँ बुझाएका थिए अरे । त्यो रकम नेपालको वार्षिक बजेटभन्दा बढी थियो ।

राणा शासन कालमा प्रायः राणा विलासमै रमाए । चन्द्र समशेरले त नेपालकै सबैभन्दा ठूलो दरबार बनाए ‘सिंहदरबार’ नामको । चौध सय कोठाको यो दरबारमा उनी कोठा सरी सरी सुत्थे रे । हिंसाबाट सत्ता कब्जा गरेका उनलाई सबैभन्दा डर आफ्नै दाजुभाइसँग थियो । त्यसैले उनले यो हदसम्म सतर्कता अपनाएका थिए । दाजु वीरसमशेर बाँचुन्जेल उनको बक्र नजरमा परेका चन्द्रसमशेर उनी मर्नासाथ मैमत्ता भए ।

उनले उदारवादी दाजु देवसमशेरलाई निष्कासन गरेर शासनसत्ता कब्जा गरे । नेपालको चारकोसे झाडीका सालका काठ भारत (तत्कालीन अंग्रेज ) लाई रेलको लिग बनाउन सस्तो मूल्यमा बेचेर त्यो पैसाले सिंहदरबार बनाए । काठका ठूला भ¥याङबाट घोडाबाट नझरी उनी माथ्लो तलासम्म जान्थे रे ।

उनी तल माथि गर्दा उनी हिँड्ने भ¥याङका प्रत्येक खुड्किलामा सुन्दरी केटीहरू उभिनुपथ्र्यो रे । अब उनी के गर्दै भ¥याङ तल–माथि गर्थे । उनी दरबारको परिसरमा घुम्दा पनि कुनै मानिसको पिठ्यूमा घोडालाई जसरी काठी करेली लगाएर यताउता गर्थे भनिन्छ । यो उनको भोग विलासको पराकाष्ठा थियो ।

जुद्धसमशेर सुधारवादी र शालीन शासकजस्ता देखिन्थे । उनले शिक्षा र पुनर्निर्माणका क्षेत्रमा उल्लेख्य काम पनि गरेकै हुन् । उनका पालामा १९९७ सालको शहीद काण्ड भयो । वास्तवमा यो पनि उनको चाहनाले भएको थिएन भनिन्छ । उनीभन्दा पछि शासनको पालो पर्खिएर बसेका मोहनसमशेरजस्ता कडा स्वभावका उत्तराधिकारीका कारणले यो घटना हुनपुग्यो । तर, उनको शासनकालको अर्को पाटो पनि छ, उनको भोग विलासले अरू सबैलाई उछिनेको थियो ।

उनी १९८९ सालमा शासनमा आएका थिए र यसको १३ वर्षपछि स्वेच्छाले २००२ सालमा शासन छोडेर जोगी बनेर रिडीमा गएर बसेका थिए । उनी दरबारबाट बाहिरिने बेलामा उनका भित्रिनी, बाहिरिनी, नानी, सुसारे, धाई आदि पद पाएका ५०० जना स्वास्नीमानिसले आँगनमा लाइन लागेर उनलाई बिदाइ गरेका थिए । त्यसबेला ती सबैलाई चिन्नमात्रसमेत पनि उनले सकेका थिएनन् । उनका सहयोगीहरूले तिनको चिनारी गराइदिनु परेको थियो । बढी भोग विलासका कारण उनले पुंसकत्वसमेत गुमाएका थिए । ‘यी चितवनबाट ल्याएकी, यी पर्साको ठोरीबाठ शिकार खेल्न जाँदा ल्याएकी, यी यहाँबाट…, ती त्यहाँबाट… ल्याएकी’ भन्दै उनलाई अरूले बताइदिनु परेको थियो ।

उनले तीमध्ये कतिपय केटी काठमाडौंकै सडकतिर घुम्न गएका बेला बटुलेर ल्याएका थिए । यसरी घुम्न निस्केका बेला उनको सवारी हेर्न आएका केटीमध्ये राम्रा लागेका जतिलाई उनी बग्गीमा राखेर दरबार लैजाने गर्थे । यसो गर्दा एकै दिन १५–२० जना केटी पनि बटुलिन पुग्थे ।

ब्राहृमणकन्या भोग नगर्ने उनको प्रण थियो तर राम्रा लागेजतिलाई बग्गीमा राखेर दरबार लैजाने काम उनी गर्थे । यो विरोधाभाष र अप्ठ्यारो अवस्थाबाट बच्न उनले एउटा उपाय अपनाएका थिए । त्यो उपाय हो ब्राहृमण कन्यालाई आफ्नो सवारी हेर्न रोक लगाउनु । उनको सवारी बाहुनका छोरीले हेर्न पाउँदैनथे । यसरी उनी पापबाट मुक्ति चाहन्थे । राजनीतिक कारणले हो वा भोग विलासको दिक्दारीबाट हो अन्तमा उनी शासनै त्यागेर जोगी भएर हिँडे ।

नेपाली कांग्रेसकका विभीषण डा. तुलसी गिरी राम्रा कार र राम्रा केटीका पारखी थिए भनिन्छ । उनी निकै महŒवाकांक्षी थिए । आफ्नो महŒवाकांक्षा पूरा नहुने देखेपछि उनले नेपाली कांग्रेस छोडेका थिए र पछि यही कारणले राजासँग पनि मत बझाएर उनी भरखरकी समाचार वाचिका तरुनी केटी टिपेर श्रीलंका गएर बसे । क्रिश्चियन बनेका उनी मरेर जल्ने बेलामा हिन्दुहरूको पावन पशुपतिनाथको विद्युतीय शवदाहगृहमा आइपुगे ।

इतिहासका यस्ता दृष्टान्त अरू पनि धेरै दिन सकिन्छ । सबै शासकका केही न केही कमजोरी छन् । मानिस भएकै कारण ऊसँग कमजोरीहरू हुन्छन् तर जानेर वा बुझ पचाएर त्यस्ता कमजोरीहरू गर्नुहुँदैन । वर्तमानका शासकका भोग विलास, विदेश सयर, उपचार प्रकृया, शेयर लगानी, कल कारखाना र उद्योगधन्दा सञ्चालन, महँगा सवारीसाधनको प्रयोग राजसी ठाँटबाँठजस्ता कुरा र व्यवहारले सीमा नाघेको हो कि जस्तो देखिएको छ ।

‘कोहीलाई भने साइकलमा सरर, कोहीलाई भने पसिना तरर हाम्रो नेपालमा’ भनेर जनवादी गीत गाउँनेहरू नै अहिले विलासका महल रचना गर्ने सपना कोरलिरहेका छन् । यो गीत गाउँदासम्म त तिनको सपना ‘साइकल’ थियो, अहिले ती करोडौंका गाडीमा रूपान्तरण हुन पुगेका छन् । मानिसकै चाहना त हो भोलि ती निजी बोइङमा रूपान्तरण हुन के बेर ?

अर्थशाास्त्रले, ‘मानिसका चाहनाहरू अनन्त हुन्छन् र तिनलाई पूरा गर्ने साधन र स्रोत सीमित हुन्छन्’ भनेको छ । अनन्त भोगको चाहना गर्नेहरूले यतातिर सोच्दा उचित हुन्छ कि ¤

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी