मनाङ र शेर्पाबीचको खेल तालिका परिवर्तन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १२औं चरणको खेल तालिका परिवर्तन गरिउको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबारबाट सुरु हुने बाह्रौ चरणको खेलतालिका परिवर्तन गरिएको जानकारी दिएको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधारद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसअघि मंगलबार एन्फा कप्लेक्समा हुने भनिएको हिमालय शेर्पा र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल प्राविधिक कारणले बुधबार दिउँसो साढे बजे एपिएफ मैदानमा हुने गरी परिवर्तन गरिएको जनाइएको छ ।

एन्फाद्वारा जारी परिवर्तित बाह्रौं चरणको खेलतालिका अनुसार सोमबार एन्फा कम्प्लेक्समा दुई र हल्चोकमा एक खेल हुनेछ । सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । यस्तै जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान हल्चोक मैदानमा गर्नेछ ।

मंगलबार सरस्वती र च्यासलबीच एन्फा कम्प्लेक्समा र एपीएफ र पुलिसबीच हल्चोक मैदानमा भिडन्त हुनेछ । यस्तै बाह्रौं चरणको अन्तिम दिनका खेलमा संकटा क्लब र थ्रीस्टारबीच एन्फा कम्प्लेक्समा र हिमालय शेर्पा र मनाङबीचको खेल हल्चोमा दिउँसो हुनेछ ।

एघारौं चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब लिग विजेता बनिसकेको छ । उसले दुई खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो । लिगमा शतप्रतिशत नतिजासहित ३३ अंग जोडेको मनाङलले ११औं चरणको खेलमा संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै आठौंपटक लिग च्याम्पियन बनेको थियो ।

उपाधिसँगै मनाङले ५० लाख पक्का गरेको छ । मनाङले यसअघि सातपटक उपाधि जितिसकेको छ । लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । संकटा क्लब २५ अंकसाथ दोस्रो स्थानमा छ भने थ्रिस्टार क्लब २३ अंकसाथ तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी २१ अंकका साथ चौथो र १८ अंकका साथ नेपाल पुलिस क्लब पाँचौं स्थानमा छ ।

त्यसैगरी १७ अंकसहित हिमालयन शेर्पा छैटौं, समान १७ अंक जोडेको सशस्त्र प्रहरी बल (एपीएफ) सातौं, १५ अंकसहित च्यासल युथ क्लब आठौं र ११ अंक जोडेको जावलाखेल युथ क्लब नवौं स्थानमा छ । दश अंक रहेको सरस्वती दशौं स्थानमा छ भने ९ अंक जोडेको फ्रेण्डस क्लब एघारौं स्थानमा छ । त्यस्तै ६÷६ अंक रहेको मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब क्रमशः बाह्रौं र तेह्रौं स्थानमा छन् । न्यूरोड टिम (एनआरटी) पाँच अंकका साथ तालिकाको अन्तिम स्थानमा छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी