मलेसियाको पेनाङमा रहेकोे म्याडिन सुपरमार्केटमा कार्यरत सन्दीप बोटको मृत्यु ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

मलेसियाको पेनाङ स्थित म्याडिन सुपरमार्केटमा कार्यरत चितवनका सन्दीप बोटको आज बिहानै मृत्यु भएको छ। बिलिक पुलौ नजिकै बेसान बारूमा घरको चौथो तल्ला बाट झर्दा करिब बिहानको ५ :२० बजे उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत तस्बिर स्थानीय मेट्रो अन्लाईन खबर बाट साभार

बुटाम जम्बुलमा रहेको म्याडिन सुपरमार्केटमा बिगत पाँच बर्ष एता सन्दिप कार्यरत थिए । परिवारमा श्रीमती र २ बच्चा छन। उनको मृत सरिरको बल्क पलाउ अस्पतालमा पोस्टमार्टम भइसकेको छ ।

नेपाल बाट नाता प्रकाणिकरण कागजात आइसकेपछी तुरुन्तै अन्तिम दाहसंस्कार को लागि सन्दीपको सव नेपाल पठाउने तयारी गरेको कम्पनी श्रोतले सव हेर्न हस्पिटल पुगेका जनद्वार केन्द्र पेनाङ का अध्यक्ष केसु थापा लाइ बताएको अध्यक्ष थापाले जानकारी दिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी