मलेसियामा रहेका तामाङहरुको सक्रियतामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम 

क्वालालम्पुर मलेसिया 

२८५५ औं सोनाम ल्होछारको अबसर पारेर मलेसियामा रहेका तामाङहरु को सक्रियतामा सोनाम ल्होछार भब्यताकासाथ मनाउने भएका छ्न। तामाङ समाज मलेसिया,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ समाज क्षेत्रीय समिती पेनाङको संयुक्त आयोजनामा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमका बीच मनाउने तय भएको छ ।

कार्यक्रममा नेपाल बाट विभिन्न बिधाका कलाकार हरुको उपस्थिति मा हुने भनिएको उक्त कार्यक्रममा जाती भासा आफ्ना परम्परा भेस-भुसा संरक्षण सम्बर्द्धन गर्ने र जातिय एकता समेत मजबुत बनाउने उदेश्य आयोजक समितिले लिएको छ।

कार्यक्रममा गायक तथा संगीतकार संजीव वाईबा तामाङ, गायक सुरेश स्याङ्बो तामाङ,गायक तथा संगीतकार प्रयास दोङ तामाङ,नायिका सुष्मा मोक्तान तामाङ ,गायिका सुजना रुम्बा तामाङ र गायिका मिना थोकर तामाङ नेपाल बाट कार्यक्रमको लागी मलेसिया आउने भएका छन। कार्यक्रम फेब्रुअरी ५ तारिखको मलेसियाको क्वालालम्पुर स्थित एरेना स्टार होटल मा बिहान १० बजे बाट हुने तय भएको छ । कार्यक्रम मा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने कार्यक्रम आयोजक समितिले जनाए।

कार्यक्रम मण्डला रेस्टुरेन्ट ,पर्देशी रेस्टुरेन्ट र फुलबारी रेस्टुरेन्टले प्रायोजन गरेका छन । हराउँदै गएको भाषा,धर्म,सस्कृती लाई जगेर्ना गरौ भन्ने मुल नाराको साथ विगत १५,वर्ष देखि निरन्तर मलेसियामा कार्यरत तामाङहरुले ल्होछार मनाउदै आएका छन।

एकजुट भएर स्वदेशमा मात्रै नभै विदेशमा पनि हामी एक हौं भन्ने विश्व सामु एकताको संदेश छर्न संयुक्त रुपमा ल्होछार मनाउन लागेको हो। आयोजक समितिले विशेष गरि मलेसियामा कार्यरत सम्पुर्ण तामाङ समुदाय हरुमा र सम्पुर्ण नेपाली हरुमा भाषा,धर्म,सस्कृती लाई जगेर्ना गर्नको अनि नेपाली चाड पर्ब बिश्व भरि चिनाउन उपस्थितिको लागि आभ्वान समेत गरेको छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी