मानव जीवनमा ऊर्जा

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

वर्तमान संसार विज्ञान र प्रविधिको अधिक प्रयोगबाट सञ्चालित छ । विज्ञानले केही विनास पनि निम्त्याएको छ तर विज्ञान नै हाम्रा लागि वरदान सावित पनि हुन पुगेको छ । अहिले विज्ञानलाई गाली गर्नुपर्छ पनि विज्ञानले आविष्कार गरेकै साधनको सहयोग लिनुपर्छ ।

ऊर्जा विज्ञानकै एउटा पक्ष हो । मानव जीवन र ऊर्जाबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । ऊर्जाविना हामी बाच्न सक्तैनौं । घरमा चुलो बाल्न र सवारीसाधन गुडाउनमात्र होइन हाम्रो आप्mनै शरीर चलाउन पनि ऊर्जाको खाँचो पर्छ । अझ यसो भनौँ, हात खुट्टा चलाउने शारीरिकमात्र होइन मानसिक क्रियाकलापसमेत ऊर्जाबिना सञ्चालन हुन असम्भव छ । हामी प्रत्येक दिनजसो खाना खान्छौँ । खाना खानु भनेकै शरीरलाई आवश्यक पर्ने ऊर्जा प्राप्त गर्नु हो । सामान्यतयाः खानाबाट प्रतिदिन हामी २ हजार किलो क्यालोरी बराबर ऊर्जा प्राप्त गर्दछौँ । यसरी प्राप्त ऊर्जामध्ये आधा हाम्रो शरीरको आन्तरिक क्रियाकलाप सञ्चालनमै खर्च हुन्छ र आधा विभिन्न कामका लागि उपलब्ध हुन्छ । दुई हजार किलो क्यालोरी भनेको करिब २ दशमलव ४ किलोवाट विद्युत् शक्ति बराबर हुन्छ र मानिस २४ घण्टामा आठ घण्टा सुत्यो भने पनि बाँकी १६ घण्टाका लागि उसले ७५ वाटको बिजुली बत्तीले गरेजति शक्ति खर्च गरिरहेको हुन्छ ।

मानिसले आप्mनो शरीर सञ्चालन गर्नबाहेक विभिन्न प्रयोजनका लागि ऊर्जाको उपभोग गरिरहेको हुन्छ । चाहे खाना पकाउन होस् चाहे वस्तुलाई खोले पकाउन, चाहे कोठा न्यानो पार्न होस् वा चिसो पार्न, चाहे रोटी सेक्न होस् वा बरफ बनाउन । सबैमा ऊर्जाको आवश्यकता पर्छ । त्यसैले ऊर्जा हाम्रो दैनिक जीवनको एक अभिन्न अंग बनिसकेको छ । आधुनिक समाजमा प्रत्येक मानिसलाई उसको शारीरिक ऊर्जाभन्दा २ सय गुना बढी बाहृय ऊर्जाको खाँचो पर्छ । ऊर्जा उपभोगको सन्दर्भमा मानव सभ्यतालाई ६ वटा विभिन्न चरणमा बाँड्न सकिन्छ ।

पहिलो हो प्राचीन मानव चरण । आजभन्दा करिब १० लाख वर्ष अगाडितिर प्राचीन मानिसलाई प्रतिदिन २ हजार किलो क्यालोरी शक्ति भए पुग्थ्यो । त्यतिखेर उसलाई उपलब्ध ऊर्जा भन्नु नै उसले खाने खानामात्र थियो । त्यसपछि दोस्रो चरण हो एक लाख वर्ष अगाडितिरका मानिस जुनबेला उनीहरू शिकारी जीवन यापन गर्थे । त्यतिखेर उनीहरू ५ हजार किलो क्यालोरी प्रतिदिन उपभोग गर्थे । करिब ५ हजार ईशापूर्वमा आएर कृषिको विकास भयो र कृषि साधन उपयोगका लागि ऊर्जाको खपत बढ्न थाल्यो र यो प्रतिदिन १२ हजार किलो क्यालोरीसम्म पुग्यो । त्यसपछि सन् १४०० मा आएर आधुनिक कृषिको विकास भयो र मानिसलाई प्रतिदिन २६ हजार किलो बराबरको क्यालोरी शक्ति आवश्यक प¥यो ।

त्यतिखेर मानिसले बयलगाडाजस्ता यातायातका साधनका साथै घट्ट आदिको पनि उपयोग गर्न थाले । उन्नाइसौँ शताब्दीमा आइपुगेपछि औद्योगिक क्रान्ति भयो र मानिसको ऊर्जाको खपत बढेर ७७ हजार किलो क्यालोरी प्रतिदिन पुग्यो । आजभोलि आधुनिक प्रविधिको युगमा प्रवेश गरेपछि प्रत्येक मानिसलाई प्रतिदिन २ लाख ३० हजार किलोसम्म क्यालोरी ऊर्जाको आवश्यकता परेको छ । यद्यपि नेपालजस्ता विकासशील राष्ट्रका जनतालाई ऊर्जाको आवश्यकता पर्दैन ।

यसरी विगत केही दशकभित्र ऊर्जाको उपभोगमा नाटकीयरूपले वृद्धि हुनाको प्रमुख कारण प्रविधि तथा यन्त्रहरूको विकास र मानिसको दैनिक जीवनमा यन्त्रको व्यापक प्रयोग हुनु हो । अब ं प्रविधि विकास सँगसँगै ऊर्जाको उत्पादन र खपत बढ्दै गयो ।

पहिलो शताब्दीतिर विकास भएको एउटा यन्त्र हो पानीघट्ट । त्यतिखेरको एउटा पानी घट्टबाट शून्य दशमलव ३ किलोवाट ऊर्जा उत्पादन हुन्थ्यो । त्यसपछि चौथो शताब्दीतिर पानीघट्टको प्रविधिमा सुधार आएर ठाडो पानीघट्टको विकास भयो जुन पानीघट्टबाट दुई किलोवाटसम्म ऊर्जा निकाल्न सकिन्थ्यो । त्यस्तै १२ औं शताब्दीमा आएर हावा मिलको आविष्कार भयो । सुरुमा यसलाई पानी तान्ने पम्प र अन्न पिँध्ने जाँतोका रूपमा मात्र प्रयोग गरिन्थ्यो । त्यतिखेर यसबाट १२ किलोवाट जति ऊर्जा उत्पादन गर्न सकिन्थ्यो ।

पछि १७औं शताब्दीमा आएर बेलायतमा वाष्प इन्जिनको आविष्कार भयो । वाष्प इन्जिनको आविष्कारले औद्योगिक क्रान्तिको थालनी भयो र यसप्रकार वाष्प इन्जिनको विकासपछि इन्धनको उपभोगमा द्रुत गतिले वृद्धि हुन थाल्यो । सुरुको साधारण वाष्प इन्जिनले १० किलोवाट बराबरको मात्र ऊर्जा दिन सक्दथ्यो । पछि यसमा क्रमशः विकास हुन थाल्यो, यसको क्षमतामा वृद्धि भयो र पानीघट्ट, वायु मिलजस्ता प्रविधिको ठाउँ ओगट्न पुग्यो ।

आजभोलिको वाष्प घट्टले झण्डै १० लाख किलोवाटसम्म ऊर्जा उत्पादन गर्न सक्छ । प्रविधि विकासकै क्रममा ट्रक, मोटर गाडीजस्ता सवारी साधनले घोडा र अन्य पशुद्वारा तान्ने गाडाको ठाउँ ओगटिदियो भने बिजुली बत्तीले टुकीहरूको स्थान लियो । पछि विद्युतीय प्रविधिको विकास भएपछि कपडा बुन्ने, सुकाउने, चिसो पार्ने आदि कार्यहरू पनि यान्त्रिकीकरण अझ भनौं विद्युतीकरण भए । आजभोलि विद्युत् शक्ति हामीलाई टेलिफोन, टेलेक्स, आकाशवाणी, प्mयाक्स र मोबाइलजस्ता सञ्चार साधनदेखि लिएर टेलिभिजन, कम्प्युटर चलाउनका लागि नभई हुँदैन । खासगरी कृषिमा यान्त्रिकीकरण थालिएपछि ऊर्जाको उपभोगमा निकै वृद्धि भएको छ ।

ऊर्जाका जलविद्युत्, प्राकृतिक ग्यास, आणविक शक्ति, पेट्रोल तथा पेट्रोलियम उत्पादन, सौर्य शक्ति, वायु शक्ति, वायोग्यास लगायतका विभिन्न स्रोत हुन्छन् । आज मानिसका इच्छा र आवश्यकता परिपूर्तिका लागि जेजस्ता साधन र प्रविधिको विकास भएका छन् ती सबैमा इन्धन वा ऊर्जाको खाँचो पर्न आउँछ । यस अर्थमा ऊर्जा हाम्रो जीवन र अस्तित्वसँग प्रत्यक्षरूपमा गाँसिएको कुरो हो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी