मुन्द्रेको कमेडी क्लबमा मौलिकपन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) को परिकल्पनामा कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रशारण हुने भएको छ । शनिबार राजधानीको पाँचतारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी दिइयो ।

परिकल्पनाकार मुन्द्रेका अनुसार यही कात्तिक १९ गतेदेखि हरेक सोमबार राति ८ः५० मा प्रशारण हुनेछ । कि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो कमेडी रियालिटी शोको हालसम्म पाँच भाग छायांकन भइसकेको छ । शोमा समसामुहिक विषयवस्तुलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । यस्तै शोमा नेपालका चर्चित कलाकारको उपस्थिति रहने बताइएको ।

कलाकार तथा निर्देशक दीपाश्री निरौला र राजाराम पौडेलको प्रमुख उपस्थिति रहने यो शोमा उमेश राई (फुलन्देकी आमा) महिलाको भूमिकामा देखिँदैछन् । उमेश आफू पुरुष भए पनि शोमा महिलाको भेषबाट कमेडी गर्नेछन् । उनी यसअघि केही टेलिसिरियलमा महिलाको भूमिकामा देखिएका छन् । साथै पोखरेली धुर्मुसको उपनामबाट परिचित राजेन्द्र नेपाली शोमा नियमित देखिनेछन् ।

कार्यक्रममा मुन्द्रेले कार्यक्रमको प्रकृतिबारे प्रष्ट पारेका थिए । नेपालमा विदेशी कमेडी रियालिटी शो लोकप्रिय भइरहेकाबेला नेपालमै नेपालीले नै निर्माण गरेको शो ल्याउनुपर्छ भन्दै आफू लागेको उनले बताए । ‘मैले धेरै पहिलो कमेडी रियालिटी शो अब नेपालमा ल्याउनुपर्छ भन्ने सोंच बनाएको थिएँ, तर सोंचलेमात्र नहुने रहेछ । यस्तो प्रकारको शोका लागि धेरै खर्च लाग्ने भएकाले राम्रो स्पोन्सर, निर्माण कम्पनी नपाउँदा ल्याउन सकेका थिएनौं, अहिले कि इन्टरटेन्मेन्टका शशी जीलाई भेटेपछि यो सोंच अगाडि बढेको छ’, मुन्द्रेले भने ।

यस्तै उनले चलचित्रको काममा व्यस्त भइरहेका बेला किन फेरि टेलिभिजनको पर्दामै फर्किनुभयो भन्ने पत्रकारको प्रश्नमा उनले चलचित्रबाट मात्र सम्पूर्ण दर्शकसम्म आफू पुग्न नसकेको बताए । ‘म कार्यक्रमको शिलशिलामा धेरै ठाउँमा पुगेको छु, टेलिसिरियल जिरे खुर्सानी हेर्ने दर्शकले कता हराउनुभयो भन्ने प्रश्न गर्नुहुन्छ, नेपालका कतिपय ठाउँका दर्शकले हलसम्म पुगेर फिल्म हेर्नुभएको छैन, त्यस्ता दर्शकका लागि टेलिभिजनको पर्दामा आउनैपर्छ’, जितुले शोको परिकल्पनाको उद्देश्यबारे प्रकाश पारे ।

कार्यक्रमको निर्माता कि इन्टरटेन्मेन्टका शशीले कार्यक्रमको निर्माणमा एक भागका लागि ७ लाख बराबरको बजेट लाग्ने बताए । उनले शोमा देखिने र नदेखिएका प्राविधिक पक्ष सबै नेपाली नै प्रयोग भएको बताए । यस्तै कलाकार दीपाश्री निरौलाले ‘मुन्द्रेको कमेडी क्लब’ विदेशी कमेडी रियालिटी शोबाट केही प्रभावित भए पनि मौलिक पन भएको बताइन् । नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले टेलिभिजन केही समयमै एचडी फर्मेटमा जाने भएकाले ‘मुन्द्रेको कमेडी क्लब’ पनि छिट्टै एचडी फर्मेटमै हेर्न पाइने बताए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी