मृगौला पीडितलाई रसुवाली समाज युएईद्वारा आर्थिक सहयोग

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

रसुवा । मृगौला पीडितलाई रसुवाली समाज युएईद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ।

दुवै मृगौला फेल भई उपचारत उत्तरगया २ डाँडागाउँ रसुवाका ३५ वर्षीय रामप्रसाद पौडेललाई रसुवाली समाज युएईले आर्थिक सहयोग गरेको हो। पीडित पौडेलको उपचारका लागि उक्त समाजले १० हजार रुपैयाँ सहयोग गरेको हो।

मृगौला पीडित पौडेलको हाल वीर अस्पतालमा उपचार भईरहेको छ। उनको दुवै मृगौला फेल भएको र प्रत्यारोपणका लागि करिब ४० लाख लाग्ने चिकित्सकले बताएका छन्।

पौडेलको उपचारको लागि देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग रकम संकलन गरिरहेका छन्।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी