मोनाको अक्षयकोषका लागि युकेमा एकैदिनमा १२ लाख संकलन

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

लन्डन। महिला तथा किशोरीका लागि आर्थिक सशक्तिकरण सम्बन्धी व्यवसायको पहिचान तथा सीप विकास गर्ने, अविभावक विहिन तथा जोखिममा परेका किशोरीहरुलाई आत्मनिर्बल बनाउन सहयोग गर्ने, उनिहरुमा सचेतना अभिमुखीकरण कार्यक्रम र प्रभावीतहरुको उद्दार, संरक्षण र पुनस्र्थापनाका कार्यक्रमहरु संचालन गर्न स्थानिय सरकारलाई सहयोग गर्ने, बालबालिका विरुद्ध हुने हिंसा तथा दुव्र्यवहारको अन्त्य गर्ने, हिंसामा परेका बालबालिकाहरुको सामाजिक, आर्थिक, तथा न्यायिक हकहित सुनिश्चित गर्न आवश्यक पहल गर्ने र विपद्मा परेका बालबालिकाहरुको उद्धार, संरक्षण तथा पुनस्थापना सम्बन्धी कार्यविधि बनाई कार्यान्वयन गर्ने जस्ता महत्बपुर्ण कार्यका लागी उक्त कोषको स्थापना गरिएको हो।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बालबिवाह र बाल हिंसा न्युनीकरण तथा पिछडिएका महिलाहरुको शशक्तिकरणका लागि स्थापना गर्न लागेको अक्षयकोषका लागि बेलायतमा १२ लाख रुपैयाँ सहयोग संकलन भएको छ।

तिहार पर्वको अवसरमा बेलायतमा आइतबार आयोजित सांस्कृतिक कार्यक्रम मार्फत १२ लाख ९० हजार २७९ रुपैयाँ संकलन भएको मोनाका उपाध्यक्ष  तथा एन आर एन बेलायतका अध्यक्ष  योगकुमार फगामीले जानकारी दिए।

म्याग्दी प्रवासी नेपाली संघ मोनाले एक करोडको अक्षय कोष स्थापना गरेको छ र सो कोषमा लगभग ७० प्रतिशत रकम जम्मा भईसकेको र बाकी रकम संकलन गर्नको लागि बिभिन्न देशमा च्यारिटि कार्यक्रमहरु संचालन भईरहेको  बेला बेलायतमा मोना युकेद्वारा एकै  दिनमा देउसी भैलो कार्यक्रमबाट ठुलो सहयोग रकम जुटाउन सफल भएको छ।

पोर्चुगल भेला सगै घोषणा गरेको मोनाले उक्त सहयोग कोषको स्थापना गरे सगै अध्यक्ष चक्र बहादुर थापा यस कार्यान्वयनको लागी कसिएका छन्। युरोपका बिभीन्न देशहरूमा घुमघाम र भेटघाटमा ब्यस्त छन्। पोर्चुगल, स्पेन, फ्रान्स, बेल्जीयम, हल्यान्ड, जर्मन हुदै यतीबेला थापा बेलायतमा छन्।

अध्यक्ष चक्र बहादुर थापाले दिएको जानाकारी अनुसार हल्यान्डमा निम्न व्याक्तीहरूले सहयोग गरेका छन्।  जंग बहादुर पुन– एक लाख, मिम पूर्जा – एक लाख, शेर बहादुर शेरचन– पचास हजार,  सोम भण्डारी– पैंतीस हजार,  महेन्द्र सुबेदी– पच्चिस हजार,  भरत भट्टचन– एक्काइस हजार एक सय, जनक बानियाँ– बिस हजार,  ममता खड़का पुन– एघार हजार एक सय एघार गरेर जम्मा ३६२२११ (तीन लाख बयसट्ठी हजार दुई सय एघार)  सहयोग जुट्न सफल भएको छ।

त्यसैगरी उक्त कोषका लागी स्पेनबाट सन्त बहादुर क्षेत्रीको संयोजकत्वमा निम्न रकम संकलन भएको छ। नन्दकली थापा मगर जैसी (अनुसा) १ लाख १ हजार रुपैया (बरङ्जा– पखेर, म्याग्दी) हाल सेभिया, स्पेन, लाल बहादुर के सी १ लाख रुपैया (सिङ्गा-सुर्केमेला, म्याग्दी) हाल अलीकान्ते, मोना स्पेन १ लाख रुपैया,  शन्त बहादुर क्षेत्री १० हजार रुपैया (भकिम्ली, म्याग्दी) हाल बार्सिलोना, स्पेन, ठम बुढाथोकी १० हजार रुपैया (अर्मन, म्याग्दी)  हाल बार्सिलोना, स्पेन, डिनेश बनिय १० हजार रुपैया (भिर मुनी, म्याग्दी) हाल बार्सिलोना, स्पेन, तप्पन रोका १० हजर रुपैया (दर बाङ, म्याग्दी) हाल बार्सिलोना, स्पेन, बिकाश कार्की १० हजर रुपैया (ताकम, म्याग्दी) हाल बिलबाउ, स्पेन, सन्तोश भण्डारी १० हजार रुपैया (ताकम, म्याग्दी) हाल बिलबाउ, स्पेन, कुल बहादुर कार्की १० हजार रुपैया (भकिम्ली, म्याग्दी) हाल बार्सिलोना, स्पेन,  मन्जु  गौचन १० हजार रुपैया (सिङ्गा–तातोपानी, म्याग्दी) हाल बार्सीलोना, स्पेन लगायतका मनकारी म्याग्देलीहरू रहेका छन्।

उक्त कार्यक्रममा मोना (IEC) प्रमुख संरक्षक  योगेन छेत्री, मोना युके अध्यक्ष  कमल पुर्जा, अन्तराष्ट्रिय  अध्यक्ष चक्र बहादुर थापा, एनआरएन युके उप–महासचिव विनय अधिकारी लगायत मोना युकेका कार्यसमिति सदस्यहरुको बाक्लो उपस्थिति थियो।

साथै  अब आउने ६ महिना भित्र संसार  भरिका म्याग्दीलहरु समक्ष पुग्ने परिकल्पना सहित मध्य पूर्व कतारमा ःइल्ब् क्ष्भ्ऋ को बैठक बस्ने निर्णय गरिएको र मोना केन्द्रले  गरेको निर्णयलाई स्वागत गर्दै मोना कतारको अधिबेसनकै दिनमा नै केन्द्रिय बैठक कतारमा गर्ने निर्णय गरिएको छ। मिती भने मासिक बैठकले तय गर्ने समेत अध्यक्ष थापाले संरक्षक योगेन क्षेत्रीलाई उद्दृत गर्दै सके सम्म मार्चको दोस्रो साता बस्ने गरी हुन सक्ने संभावना रहेको कतारका अध्यक्ष रमेश पौडेलले जानकारी दिए।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी