मोरङ क्याम्पस विश्वविद्यालय बन्नुपर्छ

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

पूर्वाञ्चलको शैक्षिक धरोहरका रूपमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा हालै क्याम्पस प्रमुखको रूपमा कार्यभार सहृमालेका बाबुराम तिमल्सिनाको जन्म २०१८ साल मंसिर १५ गते खोटाङको बडकादियालेमा भएको हो । तिमल्सिना काशी हिन्दु विश्व विद्यालयवाट संस्कृति सुक्ति र नेपाली लोकोक्तिको तुलनात्मक विश्लेषणमा विद्यावारिधिका शोधार्थी हुन् । उनले २०४२ सालमा सरस्वती क्याम्पस, काठमाण्डौंबाट प्रध्यापन सुरु गरेका थिए । २०४५ सालमा महेन्द्र मोरङ क्याम्पसमा सहायक प्राध्यापकको रूपमा आएका तिमल्सिनालाई त्रिभुवन विश्वविद्यालयले २०७५ साल वैशाख २ गते क्याम्पस प्रमुख नियुक्त गरेको हो । प्रस्तुत छ, क्याम्पसको नेतृत्व सहृमालेका तिमल्सिनासँग शैक्षिक गतिविधि तथा क्याम्पसको विकासको सेरोफेरोमा गरिएको कुराकानी ।

क्याम्पस प्रमुख हुनुभएको छ, क्याम्पसको विकासको लागि तपाईसँग कस्ता योजना छन् ?

क्याम्पसका भौतिक संरचनाहरू जीर्ण अवस्थामा छन्, तिनीहरूको मर्मत सम्भार गर्ने मेरो योजना छ । जीर्ण भौतिक संरचनाको सर्मत सम्भारबाट गर्नु क्याम्पसको विकासको थालनी हो । विद्यार्थीहरूको परीक्षा तथा क्याम्पसको मिटिङ हलका लागि एउटा मेघा हल निर्माणको प्रयत्न भइरहेको छ । एक हजार विद्यार्थीहरूले परीक्षा दिन सक्नेगरी मेघा हलको लागत इस्टिमेट प्रदेश सरकारलाई पठाएका छौं । त्यसैगरी क्याम्पस परिसरको पूर्व–दक्षिणतर्फ पाँच वटा सटर निर्माणको योजना बनाएका छौं । महिला होस्टलछेउमा पाँच वटा सटर भएको तीन तले भवन बनाउने तयारीमा छौं, त्यसको नक्सा बनाइसकिएको छ ।

क्याम्पसभित्र अधुनिक क्यान्टिन निर्माणको योजना बनाएका छौं । क्याम्पस हाताभित्र रहेको सरस्वती मन्दिर परिसरमा आधुनिक फूलबारी बनाउन नक्साको काम सुरु भएको छ । त्यसैगरी शिक्षकहरूको आवास र छात्रावास पुनःनिर्माण गर्ने सोचाइ छ । क्याम्पसलाई इ–लाइब्रेरीको अवधारणमा लैजाने तयारी भएको छ, यसका लागि प्रदेश सरकारले समेत बजेट छुट्याएको छ । क्याम्पसको जग्गा अतिक्रमण गरेर बसेको बस्ती हटाउने योजना छ ।

योजना त धेरै रहेछन्, आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ ? 

काम गर्न इच्छा शक्ति चाहिन्छ । हामीले प्रयत्न गर्ने हो । यस क्याम्पसमा अध्ययन गरेर राज्यका विभिन्न उच्च तहमा पुगेका पूर्वविद्यार्थीहरूले पनि हाम्रो योजनालाई सकारात्मक रूपमा लिनुभएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य पनि यसै क्याम्पसको पूर्वविद्यार्थी हुनुहुन्छ । उहाँले पनि हाम्रो योजनामा सहयोग गर्ने आश्वसन दिनुभएको छ । प्रदेश सरकारलाई पनि हामीले आग्रह गरेका छौं । राष्ट्रपति, अर्थमन्त्री, स्वास्थ्यमन्त्री समेत यसै कलेजका पूर्व विद्यार्थीहरू हुनुहुन्छ । म उहाँहरूलाई पनि यसै पत्रिकामार्फत आग्रह गर्न चाहान्छु ः आउनुहोस् ¤ यस कलेजको विकासको लागि एक भएर अगाडि बढौं । यो हाम्रो क्याम्पस हो, अब हामीलाई गुरुदक्षिणा दिनुहोस् हामी यस क्याम्पसको साखलाई पुनर्जागृत गर्न लागेका छौं भनेर हामीले भनेका छौं । क्याम्पसको आन्तरिक स्रोत, अनुदान तथा दाताहरूबाट आउने रकमबाट काम गर्ने योजना बनाएका छौं ।

पछिल्लो समय विद्यार्थीहरूको रोजाइमा यो क्याम्पस कलेज पर्न छाडेको छ, शैक्षिक सुधारको के योजना छ ? 

एकदमै महŒवपूर्ण प्रश्न । विद्यार्थी नै आएनन् भने कलेजको विकास हुन सक्दैन । हामीले पढाइको गुणस्तरमा ध्यान दिइरहेका छौं । आइए हटेपछि कलेजमा विद्यार्थीहरूको संख्या घट्न गएको हो । त्रिभुवन विश्वविद्यालयले प्राइभेट कलेजहरूलाई सम्बन्धन दिएपछि विद्यार्थीहरूको पहिलो रोजाइ प्राइभेट कलेज भएको कारणले विद्यार्थीको संख्या घट्न गएको हो । यसमा सुधार गर्न हामीले मानविकीमा नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं । कलेजले सोसल वर्क, बिसीए तथा बिबिएको थप कार्यक्रम लागु गर्ने तयारी गरेको छ । त्यसैगरी बिसि. र बिएससी, सिएस आइटी कार्याक्रम स्वीकृतिको लागि निवेदन दिएका छौं ।

त्यस्तै हाइ एजुकेशन प्रोजेक्टले एमएससी, एमबिएस र एमपीएको सेमिस्टरको स्तरोन्नतिको लागि ६० लाख अनुदान दिएको छ । कलेजमा अध्यापन गर्ने बिहानको सिफ्टका शिक्षकहरूलाई ६ बजेदेखि १ बजेसम्म र दिउँसोको सिफ्टका शिक्षकहरू १० बजे देखि ५ बजेसम्म अनिवार्यरू कलेजमा बस्नुपर्ने नियम बनाएका छौं । यसले कलेजमा विद्यार्थीको रुचि बढ्छ भन्ने हामीले विश्वास लिएका छौं । निजी कलेजमा पढ्न लाखौं रूपैयाँ खर्च हुन्छ । हामी विद्यार्थीहरूलाई सहुलियत शुल्कमा पढाउँछौँ । हाल कलेजमा चार हजारको हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन् ।

 अहिले महेन्द्र मोरङ क्याम्पसमा कुन कुन विषयहरू पढाइ हुन्छन् ? 

अहिले कलेजमा पत्रकारिता, बिएड, आरडी, बिबिए, एमबिएस, एमपिए, बिपीए विषयहरूको अध्ययन अध्यापन हुने गरेको छ । त्यसैगरी मानविकीका नयाँ कार्यक्रमहरू पनि यही साउनदेखि लागु हुने तयारी भएको छ । यसले कलेजमा विद्यार्थी संख्या बढाउन मद्दत पुग्ने विश्वास गरेका छौं । भविष्यमा एलएलबी कार्यक्रम समेत चलाउने गर्ने सोचाइमा छौं ।

राजनीतिक खिचातानीले जेलिएको क्याम्पसमा कसरी काम गर्न सक्छु भन्ने लाग्छ ?

बिल्कुलै सकिन्छ, हामी सबै कुनै न कुनै राजनीतिक पार्टीमा अस्था राख्छौं । हामी पहिले जुन संस्थामा काम गर्छांै त्यसको विकास तथा उन्नति गर्नु पहिलो आवश्यकता हो । मैले यस कलेको लामो इतिहास बुझेको छु । मैले वैचारिक विचार भएका व्यक्तिहरूको एउटा समिति बनाएको छु । कलेजले जुन पनि काम गर्छ त्यो समितिसँग समन्वय गरेर गर्छ । हामीले गर्ने काममा कुनै राजनीतिक हस्तक्षेप हँुदैन । निःस्वार्थ भएर काम ग¥यौं भने कतैबाट हस्तक्षेप हँुदैन ।

अन्त्यमा केही भन्नु हुन्छ कि ?

मोरङ आदर्श बहुमुखी क्याम्पस पूर्वाञ्चलकै एतिहासिक शैक्षिक धरोहर हो । यसलाई विश्व विद्यालयको रूपमा विकास गर्नु हामी सबैको कर्तव्य हो । वार्षिक १२ हजार विद्यार्थीहरू उत्पादन गर्न सफल यस क्याम्पसबाट अध्ययन गरेका विद्यार्थीहरू राज्यको विभिन्न उच्च तह र तप्कामा रहेर काम गरिरहनु भएका पूर्वविद्यार्थीहरूसंग सहयोगको आग्रह गर्दछु । अर्थमन्त्री युवराज खतिवडाले पनि यहाँ अध्यापन गराउनु भएको छ, तपाईको पनि यस कलेजप्रति दायित्व छ । यसको विकासका लागि तपाइसँग पनि हामीले आशा गरेका छौं । यसै पत्रिकामार्फत यसै कलेजको पूर्वविद्यार्थी भएको नाताले राष्ट्रिपतिसँग कलेजको जीर्ण लाइब्रेरिको निर्माणका लागि सहयोगको अपेक्षा गर्दछौं ।

प्रस्तुति : निर्मल ढुंगाना 

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी