युएईमा एक नेपाली महिलाको १० दिनसम्म पनि होस् खुलेन, आर्थिक नहुँदा उपचारमा कठिनाई

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

दुबई । युएईको दुबई अस्पतालमा एक नेपाली महिलाको १० दिनसम्म  होस् खुलेको छैन । गत फेब्रुअरी १३ तारिखदेखि अचेत भएर अस्पताल भर्ना भएकी काभ्रेकी कमला गिरीको १० दिन वितिसक्दा पनि होस खुल्न सकेको छैन।

अहिले पैसा अभावामा उनको उपचारमा समस्या भएको छ ।  कमलाको ल्यकेमिया ब्लड क्यान्सरका कारण रक्तकोशिकामा ल्यूकेमिया बढ्दै गएको र रकम अभाव भएका कारण उपचारमा कठिनाई परेको छ । अहिले उनी दुबई हस्पिटलको १०औँ तल्लामा रहेको सघन उपचार कक्षको मेडिकल युनिटभित्र अचेत अवस्थामा छिन्।

कमलालाई १२ दिन अगाडी ज्वरो आएपछि सामान्य औषधि गरिएको र साँझमा खुट्टा दुख्न थालेपछि अस्पताल लगिएको थियो । अस्पतालमा परीक्षण गर्दा कमलामा ल्यूकेमिया ब्लड क्यान्सरको लक्षण देखिएको थियो।

अहिले कमलाको उपचारमा दैनिक ३ हजार दिर्राम झण्डै एक लाख रुपैयाँ खर्च हुनेगरेको उनका पति विमलले बताए । पति बिमल दुबईमै सेल्सम्यानको रुपमा कार्यरत छन् । उनको आम्दानी मासिक एक लाख जति हुन्छ ।‘महिनाभरमा हुने कमाई अहिले कमलाको उपचारको लागि एकै दिनमा खर्च हुन्छ । अहिलेसम्म बचत गरेर राखेको  पैसा पनि सकियो । अब उपचाारको लागि पैसा छैन । ’ बिमलले दुख सुनाए ।

चार वर्ष अगाडीसम्म कमलाले पनि काम गर्थिन् । तर चार वर्षअघि छोरी जन्मिएपछि छोरीको स्याहारको लागि कमलाले गर्दे आएको जागिर छोडेकी थिईन् । अहिले विमल निकै गाह्रो अवस्थामा छन् । उनले श्रीमतीको उपाचारमा सहयोग जुटाइदिन युएईमा रहेका संघ–सस्था तथा सम्पूर्ण नेपनाली समुदायलाई अनुरोध गरेका छन।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी