युएईमा नेपाली युवतीबीच ग्याँङ फाइटहुँदा एक जनाको मृत्यु

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । युएईको सारजहाँमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छिन् । युवतीहरुबीच ग्याँङ फाइटहुँदा एक जनाको अवस्था गम्भीर छ । दुई जना सामान्य घाइते भएका छन् ।

बिहीबार राति कम्पनीको क्याम्पभित्र मदिरा सेवनको क्रममा आपसी विवाद हुदाँ चक्कु प्रहार भएको थियो।

‘बिदाको नाममा मदिरा सेवन गरेर सविता तामाङ एक्लैले तीन जना साथीलाई चक्कु प्रहार गरेको समाचार प्राप्त भएको छ ।

गम्भीर घाइते भएकी ममता चौधरीको आइसियुमा उपचार भइरहेको छ । सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर क्याम्पमा फर्केका छन्।

घटनालगत्तै चार जनालाई नै अल क्यासिमी अस्पतालमा लगिएको थियो। बरालको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

उनीहरु तान्जिफ्को क्लिनिङ सर्भिसेसका सफाई मजदुर थिए।

युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी