युएईमा रहेका झापालीहरुले सामुहिक रुपमा मनाए दशैं (भिडियो)

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

शेषराज न्यौपाने, अबुधाबी। वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुले पनि विविध कार्यक्रम गरेर दशै मनाएका छन्।  नेपालीहरुको महान चाड विजय दशमी संसारभरी मनाई रहँदा युएईमा रहेका नेपालीहरुले आआफ्नो अनुकुलता अनुसार दशैँ मनाएको समाचार पाथीभरा सन्देशलाई प्राप्त भएको छ।

युएईको नियमित साप्ताहिक बिदा र विजया दशमीको टीका शुक्रबारै परेका कारण युएईमा रहेका नेपालीहरुले आआफ्ना क्याम्प र कोठामै आफन्त र मान्यजनबाट दशैको साइतकै टीका ग्रहण गरे भने युएईका सार्वजनिक पार्क र नेपालीहरुको जमघटको केन्द्र मानिने वर दुबईको नेपाली चोकमा भेला भएर सामुहिक रूपमा टीका लगाउनेहरु पनि अधिक मात्रामा देखिन्थे।

केही नेपालीहरु बिदा नमिलेको कारण निधार खाली रहेको दुखेसो फेसबुकमार्फत पोख्न विवश देखिन्थे। केहीले भने नेपालमा रहेका आफन्त, बुबाआमा र छोराछोरीले दशै मनाएको फोटो फेसबुकमा पोस्ट गरेर चित्त बुझाएका देखिन्थे। युएईमा रोजगारीको लागि आउने नेपालीहरुको संख्या बढ्ने क्रम संगै नेपालका सबै खाले चाडहरु मनाउदै आएका छन्। दशैँमा परम्परागत किसिमले आफ्नो क्याम्पमा जमरा राख्ने, दुर्गापूजा गर्ने, आफूभन्दा ठूलाबडाहरुबाट आर्शिवाद लिएर टीका थाप्ने चलन बढ्दै गएको छ। कसैले क्याम्पमै मनाए भने कोही सार्वजनिक पार्कमा आयोजित विभिन्न  कार्यक्रममा गएर टिका जमरा लगाई नाचगान गरी दशैँ मनाए।

सामुहिक रुपमा झापाली दशै 
यसै क्रममा झापाली समाज युएईमा आबद्ध झापालीहरुले युएईको राजधानी अबुधाबीमा सामुहिक रुपमा टीका जमरा तथा बिबिध साँस्कृतिक कार्यक्रमका साथ दशै मनाएका छन्।

कार्यक्रम संचालन झापाली समाज युएई क्षेत्रीय समिती अबुधाबीका सचिव शेषराज न्यौपानेले गरेका थिए भने झापाली समाज युएईका केन्द्रीय अध्यक्ष अशोक चापागाईंको  सभापतित्वमा कार्यक्रम संचालन भएको थियो। त्यस्तै अथितीहरुमा झापाली समाज युएईका सचिव अमर राई, साँस्कृतिक बिभागका संयोजक पारस लामा,महिला बिभाग संयोजक लिला बिमली, दुबई क्षेत्रीय समितिका का.अध्यक्ष  इबनारायण तिवारी र सार्जा क्षेत्रीय समितिका का.अध्यक्ष प्रेम तामाङ उपस्तिथि रहेका थिए। कार्यक्रमको संयोजन क्षेत्रीय समितिका अध्यक्ष हिमाल अधिकारीले गरेका थिए।

राष्ट्रिय गानाबाट शुरु गरिएको कार्यक्रममा शुभकामना मन्तब्य प्रमोद लुइटेलले दिएका थिए भने कार्यक्रमबारे प्रकाश पार्दै संयोजक हिमाल आधिकारीले परदेशमा भए पनि आफ्नो मौलिक पर्वलाई बिर्सन नसकी सामुहिक रुपमा दशै मनाएको र यसले सबै झापालीहरुबीच आत्मीयता र सहकार्यको भावना विकास भएको  बताएका थिए। त्यस्तै सम्पुर्ण अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा सभापति अशोक चापागाईंले झापाली समाज युएईले विभिन्न समयमा आफ्ना मौलिकता बोकेका कार्यक्रमहरु निरन्तर गर्दै आएको र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बिश्वास दिलाउदै शुभकामना मन्तब्य राख्दै औपचारिक कार्यक्रम समापन गरेका थिए।

समाजका जेष्ठ नागरीक प्रमोद लिइटेलको हातबाट सम्पुर्ण उपस्थित नेपालीहरुले टीका तथा जमरा ग्रहण गरि आशिष् थापेका थिए।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी