युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ ।

नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ । तर “कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ” आधिकारिक रुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन ।

मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवम् सोचाईमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, समाजिक तथा व्यवहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा सो सङ्गठनले परिभाषित गरेको छ ।

मानसिक स्वास्थ्य समस्याले असामान्य रुपमा व्यक्तिको भावना, सोचाई र व्यवहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन् ।

स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिए ।

पछिल्लो जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहमा यो समस्या ४० प्रतिशत रहेको पाइएको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण मन्त्रालयले गरेको छ ।

उनका अनुसार बाल्यकालमा नमीठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद्, साथीहरुबाट खिसिट्युरी, आर्थिक विपन्नतालगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् ।

“स–साना बोझ एवम् तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत् युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो”, मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेलले बताए ।

यसैबीच संस्कृति, अध्यात्म तथा मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने अन्तराष्ट्रिय सम्मेलन सोमबारदेखि यहाँ शुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्वेको आस्लो विश्वविद्यालय तथा क्यानडास्थित म्यागिल विश्वविद्यालयद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनमा नेपाललगायत अमेरिका, टर्की, भारत, नर्वे एवम् क्यानडाका वरिष्ठ मनोरोग विज्ञको सहभागिता छ ।

सम्मेलनका क्रममा संस्कृति, अध्यात्म एवम् मानसिक स्वास्थ्यका विविध क्षेत्रमा कार्यपत्र प्रस्तुत गरी अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको वरिष्ठ मनोरोग विज्ञ डा सरोजप्रसाद ओझाले जानकारी दिए ।

कार्यक्रममा त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदीश अग्रवालले मानसिक रोगीका सङ्ख्या बढिरहेको चर्चा गरे । विश्वस्वास्थ्य सङ्गठनले विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको जनाएको छ ।

रासस

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी