रंगशाला निर्माण सहयोगार्थ धुर्मुस सुन्तली साँझ कार्यक्रमको लागि धुर्मुस सुन्तली मलेसियामा।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम 

क्वालालम्पुर मलेसिया 

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सहयोगका लागि सिटि एक्सप्रेस धुर्मुस सुन्तली साँझ लिएर सिताराम कटेल धुर्मुस र कुन्जना घिमिरे , बद्रीलाल पांगेनि , मेलिना राई ,सम्झना भण्डारी र याङ्जोम शेर्पा सहितको टोली मलेसिया आइपुगेका छन ।

चिनिया नयाँ बर्षको बिदाका दीनहरु पारेर सिटि एक्सप्रेस मनि ट्रान्सफरले आयोजना गरेको उक्त कार्यक्रम केल,पेनाङ र जोहोरबारु मा धुर्मुस सुन्तली साँझ का लागी मलेसिया आएका हुन । कार्यक्रम फेब्रुअरी ५ मंगलबार क्वालालाम्पुर, फेब्रुअरी ६ बुधबार पेनाङ र फेब्रुअरी १० आतबार जोहोरबारुमा हुने भएको छ।

मलेसियामा गरिएको कार्यक्रमबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई दिइने सिटि एक्सप्रेसका मलेसियाका कन्ट्रोल म्यानेजर प्रदीप श्रेष्ठ ले बताउनुभयो ।

 

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी