रवि तिम्रो सामिप्यता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

छवि घुम्छ वरपर जहाँ पाउँदिन छाम्दा कतै।

हेर्छु उठि मध्य रातमा रुदै झरेछन् तारा अन्तै ।

मिलनको आशामा अँधेरी रातमा बसेकी तारा ।

ज्योती छैन साथ दिनलाई प्रकाश छर्ने सारा ।

बेरिएछ सपनी भरि नै आलिड़गन पाई उसको ।

खोली हेर्दछ जब नयन बिलाउँछ तस्वीर त्यसको ।

रविका प्रकाश आएर पोखियो धर्ती भरी झलमल

छैन कहि कतै खोज्दछु मध्याह्नमा शित लहर ।।

रोकिदैन आशले मनभरि आउछ कि फेरि उही ।

बस्छु प्रिय तिम्रो नगिचमा सामिप्य राखे कहि ।

भो नलाऊ दलबल सक्दैनौ कि त राख्न भने ।

सुर्ता आफ्नो मात्र गरेर फाँसीमै पार्छौ कि लौ भने ।

छल बल कपट नगर भन्ने भेटिन्न लौन हरि ।

छोए धोए पखालेर दाग मेटिन्न कसै गरि ।।

आशाकी भरोसा उठाएर लान उसैले खोज्दछ रे ।

रविको छविमा लुकाएर बास बसौला भन्दैछ रे ।।

झुल्कि आको आभास हुने त यो हृदयमा कति ।

छोडि गै गयो निष्ठुरी मन बनाइ चोटैचोट दिइ जति ।

जुनकिरीको टिपटिपे उज्यालो त लाग्दछ अति ।

आउने बाटो हेरेर बस्छु सम्झाउँदैमा मन कति ।।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी