राजदूतावास मलेसियाले इपो मा श्रमिक सचेतनामुलक अन्तरक्रीया कार्यक्रम गर्ने।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

राजदूतावास मलेसियाले इपो मा श्रमिक सचेतनामुलक अन्तरक्रीया कार्यक्रम गर्ने भएको छ । मलेसिया नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले अत्यादिक बाक्लो नेपाली कामदारको चाप भएका ठुला प्रमुख सहर हरुमा नेपाली राजदुतावास क्वालालम्पुर ले प्रदान गर्दै आएका सेवा तथा श्रम सम्बन्धि श्रमिक सचेतना मुलक अन्तरक्रीया कार्यक्रम गर्दै आएको छ ।

राजदूतावास मलेसियाले गत डिसेम्बर १६ तारीख पेनाङमा ,डिसेम्बर २३ तारिख जोहोर र मलका राज्यमा सचेतनात्मक कार्यक्रम गरिसकेको छ तेस्तै ठुलो सङ्ख्यामा नेपालीहरुको चाप रहेको इपो सहरमा समेत जनवरी १३ तारीख का दिन इपो पार्करहेको होटल इक्सल्सियर मा दिउसोको १२:०० बजे बाट ३:०० बजे सम्म गर्ने तय भएको छ ।

नेपालि राज्दुताबास क्वालालम्पुर मलेसियाले आजै एक सुचना सार्वजनिक गर्दै इपो आसपासमा रहेका नेपाली कामदार लाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेको छ । कार्यक्रम मा एक तर्फी यात्रा अनुमतीपत्र राहदानी नवीकरण फारम बितरण हुनुका साथै जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली हरुको बारे जानकारी तथा अन्य समस्या र तिन्का समाधानका बिसयमा छलफल हुने भएको छ ।

कुटनैतिक पहल बाट ठूलो सङ्ख्यामा विभिन्न समस्याका कारण अबैध रुपमा मलेसियामा रहेर काम गर्दै आएका नेपाली लाई स्वदेश फिर्ता हुने सहज बाताबरण मिलाउन सके थुप्रै नेपाली श्रमिक को हित हुने श्रमिक अगुवाहरु को भनाइ छ । तात्कालिन मलेसियामा रहेको ठुलो सम्स्या का रुपमा रहेको अबैधानिक नेपाली कामदार विभिन्न समयमा दलालहरु बाट ठगीमा पर्दैआएका छ्न तिन्का दीर्घकालीन समस्या र ठग लाई कानुनी दाएरा मा ल्याउन नसकेको भन्दै श्रमिक अगुवाहरुले दूतावास का प्रती असन्तुष्ट समेत जनाउदै आएका छन।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी