रिमेकमा पिरतीको मिठो तिर्सना (भिडियो)

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काठमाडौं । पुरानो चलचित्र ‘देउता’मा समावेश ‘पिरतीको मिठो तिर्सना’बोलको गीत रिमेक गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नयाँ चलचित्र ‘वीर विक्रम २’ का लागि रिमेक गीत सार्वजनिक गरियो । गीतमा ताराप्रकाश लिम्बु र मेलिना राईले स्वर दिएका छन् । देउतामा समावेश वास्तविक गीतमा इन्द्रजीत मिजार र भारती घिमिरेले स्वर दिएका थिए ।

बिहीबार सार्वजनिक गरिएको भिडियोमा नायक पल शाह, नाजिर हुसैन र नायिका वर्षा सिवाकोटीले नृत्य गरेका छन् । यसअघिको ‘देउता’मा अभिनेता राजेश हमाल र सृजना बस्नेतले अभिनय गरेका थिए । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द समावेश उक्त गीतमा रंजित गजमेरको संगीत छ । सार्वजनिक कार्यक्रममा ‘वीर विक्रम २’ का निर्देशक मिलन चाम्सले गीतका लागि चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको सहयोगमा गीतका सर्जकसँग भेटेर रिमेकको अनुमति लिएको बताए । चाम्सले कुनै समयको निकै चर्चित गीतलाई रिमेक गर्दा गीतको मर्म मर्न नदिएको बताए । ‘मलाई गीतको मर्म मर्न दिनुहुँदैन भन्ने थाहा थियो, त्यसैले पनि मैले गीतको भिडियोलाई पनि उत्तिकै राम्रो बनाउने कोसिस गरेका छु’, चाम्सले भने । उनले गीतको भिडियोमा प्रयोग भएको ठाउँ मुस्ताङ गीतले नै मागेको बताउँछन् । साथै भिडियोका कलाकारहरूले लगाएका पोसाक पनि ठाउँअनुसार मिलाइएको बताए । ‘हामीले यो गीत काठमाडौंमै सुट गरौं कि भन्ने पनि सोचेका थियौं तर गीतको भिडियो राम्रो बनाउनु हाम्रा लागि चुनौती थियो, त्यसैले मुस्ताङ रोज्यौं’, चाम्सले थपे । यस्तै गीतका कोरियोग्राफर कविराज गहतराजले पनि गीत अनुसार भिडियोलाई मर्न नदिएको बताउँछन् । ‘जहाँसम्म लाग्छ भिडियो बनाउँदा गीतको मर्म मर्न दिएको छैन’, कविराजले भने ।

गीतको भिडियोमा नृत्य गरेका नायक पल र नायिका वर्षाले पनि चर्चित गीतको रिमेकमा नृत्य गर्न पाउँदा खुसी लागेको बताए । नायक पलले चलचित्र टिमसँग काम गर्न पाउनुनै आफ्ना लागि ठूलो कुरा भएको बताए । ‘मिलन चाम्स दाइको टिमसँग काम गर्न पाउनु मेरा लागि ठूलो कुरा हो, त्यसमाथि चर्चित गीतमा नृत्य गर्ने मौका पाएँ, टिमलाई धन्यवाद दिन चाहन्छु’, पलले भने ।

कार्यक्रममा निर्देशक मिलनले चलचित्रको विषयमा बजारमा चलेका हल्लालाई पनि प्रस्ट पारे । उनले पलभन्दा अघि छानिएका नायक आकाश श्रेष्ठले चलचित्र छाड्नुको कारण पनि खुलाए । ‘आकाशले हजुर आमा बिरामी भएकै कारणले छाडेको बताएका हुन्, उनको आमाले पनि मलाई फोन गर्नुभएको थियो’, मिलनले भने । यसो भन्दै गर्दा मिलनले अन्तिममा चलचित्र क्षेत्रमा धेरै राजनीति हुँदोरहेछ त्यो बुझ्दै आएको छु पनि भने । उनको त्यो भनाइबाट आकाशले चलचित्र छाड्नुमा पारिवारिक कारणमात्र नभएको भन्न खोजेको बुझिन्छ ।

नायक पललाई सञ्चारकर्मीहरूले नायक आकाशलाई के भन्न चाहनुहुन्छ भन्ने प्रश्न गर्दा सजिलो उत्तर दिए । ‘अरु केही हैन, आकाशलाई धन्यवाद’ पलले उत्तर दिए । कार्यक्रममा चलचित्रका छायांकार सुदिप बराल, लेखक प्रदीप भारद्वाज लगायतले आफ्ना कुरा राखेका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी