लगानी प्रवद्र्धनमा सघाउन अमेरिकी राजदूतसँग आग्रह

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

काटमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालस्थित अमेरिकी राजदूत ¥याण्डी बेरीबीच बुधबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । महासंघका पूर्वअध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको समेत सहभागिता रहेको भेटवार्तामा नेपाल अमेरिका आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आयात निर्यात, संयुक्त लगानी, नेपालमा लगानीको वातावरण, नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन तथा आपसी सहकार्यका सम्भाव्य क्षेत्रका विषयमा छलफल भएको थियो । अध्यक्ष राणाले नेपालमा लगानीको वातावरण बन्दै गएकाले यतिखेर बाहृय लगानी, प्रविधि तथा विकासको मोडलसमेत खोजिरहेको नेपालका लागि अमेरिकी लगानी आकर्षण गर्ने कार्यमा कुटनीतिक तवरबाट सहयोग गर्न राजदूतसँग आग्रह गरिन् ।

मुलुकको आर्थिक विकासमा नेपाल सरकार अत्यन्त क्रियाशील रहेको र कतिपय ऐन कानुनसमेत जारी भइसकेको र बा“की ऐन कानुन पनि छिट्टै ल्याउने तयारी रहेको, श्रम सम्बन्ध सुमधुर बन्दै गएको, लोडसेडिङ नरहेकाले लगानीको वातावरण बनेको उनको भनाइ थियो । उनले सरकारले अघि सारेको नेपाल लगानी सम्मेलन र भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रका तर्फबाट निरन्तर सरकारलाई सल्लाह सहयोग प्रदान आएको जानकारी गराउँदै नेपालको समृद्धिको चाहनालाई सफल पार्न अमेरिकी सरकार र निजी क्षेत्रको सहयोग नेपाली निजी क्षेत्रले खोजेको स्पष्ट पारेकी थिइन् ।

महासंघका पूर्वअध्यक्ष ढकालले नेपाल अमेरिकाबीच आपसी सम्बन्ध अत्यन्त प्रगाढ रहेको र महासंघकातर्फबाट समेत आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा विगतमा निर्वाह भएको भूमिकाको चर्चा गर्दै राजदूतको कार्यकालमा निजी क्षेत्रबीच आपसी सम्बन्ध विस्तार, लगानीकर्ता, व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण आदानप्रदान तथा लगानीसम्बन्धी छलफल तथा बैठकमा जोड दिएका थिए । राजदूत ¥याण्डी बेरीले नेपालको आर्थिक विकासमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताएका थिए । उनले नेपाल विस्तारै आर्थिक विकासतर्फ अघि बढिरहेकोमा अमेरिकी सरकार अत्यन्त खुशी रहेको भन्दै बाहृय लगानी आकर्षणका लागि अझै धेरै सुधार आवश्यक रहेको बताएका थिए । उनले नेपालमा अमेरिकी लगानी आकर्षणका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने विश्वाससमेत दिलाएका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी