ललितपुर महानगरका नगरसभाबाट पाँचवटा ऐन पारित

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

ललितपुर । पाँचवटा महŒवपूर्ण विधेयकहरू पारित गर्दै ललितपुर महानगरपालिकालको तेस्रो नगरसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न नगरसभाबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५, ललितपुर महनगरपालिकाको कृषि व्यवसाय प्रबद्र्धन विधेयक २०७५, फोहरमैला व्यवस्थापन गर्न बनेको विधेयक २०७५, न्यायिक समिति (कार्यविधि सम्बन्धी) व्यवस्था गर्न बनेको विधेयक २०७५ र सहकारी विधेयक २०७५ पारित भएका हुन् ।

नगरसभाबाट लेखा समिति, विधायन समिति र विकास तथा सुशासन समितिको कार्यविधि केही संशोधनसहित पारित भएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

मेयर महर्जनले यो हिउँदे अधिवेशन भएकोले नगरसभा विधेयकमा मात्रै केन्द्रित भएको बताए । उनले भने, ‘यो अधिवेशनबाट मŒवपूर्ण विधेयकहरू पारित भएका छन्, अब हामीलाई ऐनअनुसार काम गर्न सहज भएको छ ।’ उनले निकट भविष्यमा वडाबाटै योजना सम्झौता हुने व्यवस्था मिलाउन लागिएको पनि बताए ।

उपमेयर गीता सत्यालले जनसरोकारसँग महŒव राख्ने विधेयकहरू पारित हुँदा नगरपालिकाबाट सम्पादन हुनेका कामका लागि सहज भएको बताइन् । सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले कार्यपालिकाले निर्णय गरेअनुरूप नेपाल भाषाको विद्यालय सञ्चालन गर्ने निर्णय पारित भएको बताए । कार्कीले चैत्र मसान्तभित्र कर्मचारी समायोजन सम्पन्न गरी लागु गर्ने निर्णय समेत पारित भएको बताए । उनले नगरसभाका कुनै पनि विमति नरहेको र सर्वसम्मत रूपमा नगरसभा सम्पन्न भएको जानकारी गराए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी