लोकतन्त्रमा लोकनेता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

सन् १९४९ मा सांस्कृतिक क्रान्ति सुरु गर्दै अघि बढेका माओत्से तुङले ६० को दशकमा गल्ती कमजोरी अनुभूति गरेर जनतासामू घु“डा टेके, आत्मालोचना गरे र लोकस“ग क्षमा याचना गरे । यसकारण माओ लोकनेता बने, लोकसम्मान आर्जन गर्न सफल भए ।

राष्ट्रपिता सनयात सेनलाई सलाम गर्दै चीनमा तिनै माओका अनुयायी देङ सियाओ पिङको उदय भयो । उनले चीनको प्रगतिको खुलापनसहितको कम्युनिजम खाका कोरे, चीनलाई एकताबद्ध र समृद्ध पार्ने राजमार्ग तय गरे । आज चीन विश्व आर्थिक र सामरिक शक्तिका रूपमा उदाएको छ, यसको श्रेय तिनै लोकनेता माओका अनुयायी, सनयात सेनमा गर्व गरेर अघि बढेका देङ सियाओ पिङलाई जान्छ । उनका आधुनिक अनुयायी बनेका छन्– सी चीन पिङ जसले देङले देखाएको राजमार्गलाई पुरानो सिल्क रोड, हर्स रोडलाई अझ फराकिलो पारेर ओबिओआरको महŒवाकाङ्क्षी योजना अघि सारेका छन् ।

अब चीन विश्व जोड्ने सम्पन्नतासहितको राजमार्ग निर्माण गर्दैछ । छिमेक पहिले भन्ने भारत छिमेकलाई राजनीतिक, सामाजिक, आर्थिक, सीमाना, जनसङ्ख्याजस्ता अतिक्रमणकारी खुनी पञ्जा फैलाएर दुःख दिइरहेको यति नै बेला चीन सबैको सार्वभौमिकताको सम्मान गर्दै सिल्करोड, वान बेल्ट वान रोड र दक्षिण सहयोग नीतिको मार्गचित्रका साथ अघि बढेको छ । चीनको यो अभियानलाई विश्वास र चामत्कारिक शक्ति आर्जनको महायज्ञभन्दा हुन्छ । लोकनेता बन्ने इच्छाशक्ति भयो भने एकजना राष्ट्रिय नीतिकार र त्यो नीतिलाई कार्यान्वयन गर्ने अनुयायी तयार गरियो भने के गर्न नसकिने रहेछ भन्ने प्रेरणाको स्रोत हो चीनको विकास, चीनको प्रतिबद्धता, चीनको महायात्रा ।

कोरिया पनि प्रेरणादायी उदाहरण हो । १९५० मा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले ध्वस्त पा¥यो कोरियालाई । एक कोरिया उत्तर र दक्षिण दुई राष्ट्र बन्यो । २०१८ देखि बल्ल यी दुई कोरियाली भाइ भाइ, बहिनी बहिनी हात मिलाएको, अ“गालो मारेको दृश्य देख्न थालिएको छ । युद्धका बाछिटा रोकिएका छन्, कालो बादल फारिन थालेको छ ।

१९५० को दशकको कोरिया, रछ्यानमा फालेको भातको सिता टिपेर खाने स्थितिमा थियो । दक्षिणतिर पार्कचुङ हीको उदय भएपछि कोरियामा आर्थिक क्रान्ति भयो, कोरिया आज सम्पन्न मुुलुकमध्येमा पर्छ । वैदेशिक रोजगारीमा बाचेको अर्थतन्त्रलाई पार्कचुङले आफ्नै सोच र प्रतिबद्धताले प्रगतिको शिखरमा पु¥याइदिए । पार्क चुङ ही थिए लोकनेता ।

उत्तर कोरियातिर किम इल सुङको उदय भएपछि राष्ट्रलाई एक ढिक्का बनाएर अघि बढे । उनको शेषपछि उनका छोरा किम इल जङ र २०११ पछि किम इल उन उत्तर कोरियाका शिखर नेता हुन्, जसले उत्तर कोरियालाई पटक्कै भड्किन दिएनन् । अमेरिकासमेत उत्तर कोरियाको एकता र देशभक्तिबाट कायल भयो र गत जुनमा सिंगापुरमा र भर्खर भियतनाममा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तरका शिखर नेता किम जोङ उनबीच दुई चरणको वार्ता सम्पन्न भएको छ ।

उत्तर कोरियाले अमेरिकास“ग वार्ता गर्ने हैसियतमात्र बनाएन, अमेरिकी राष्ट्रपतिले किम जोङ उनस“ग प्रेम भयो भन्ने अभिव्यक्त गर्न लगाउन सक्नु उत्तर कोरियाको कूटनीतिक र देश भक्तिपूर्ण सफलता हो । त्यस्तो हुन्छ लोकनेता भनेको ।

लोकनेताको प्रसङ्गमा जाज्वल्यमान सिंगापुरलाई एसियाको युरोप बनाउने क्षमता देखाएका ली क्वान युलाई बिर्सनै सकिँदैन । १९५९ देखि १९९० को ३२ वर्षमा सिंगानपुरलाई सिंगापुर बनाइदिए यिनले । अस्थिर र अराजक, भ्रष्ट र भताभुङ्ग, लथालिङ्ग सिंगापुरलाई स्थिर, अनुशासित र विधियुक्त र व्यवस्थित बनाएर यिनले आफ्नो देशभक्ति ढुंगाको अक्षरले लेखिदिए । नेतृत्वमा त्याग र इमानसहितको इच्छाशक्ति भयो भने नहुने के रहेछ । मुलुकको मुहार फेर्ने सपना कसरी साकार हुनेरहेछ । यसकारण ली क्वान यु लोकनेता हुन् ।

इण्डोनेसियातिर हेरौं । सुकार्नो, मलेसियाका महाथिर मोहम्मद । यी दुवै लोकनेता । मलेसियालाई समृद्ध बनाएर थकाइ मारेका महाथिर गत वर्ष पुनः राजनीतिमा आए । राष्ट्रपति बने र भने, ‘म मरेको छैन । मेरो देशलाई आवश्यक प¥यो भने म चिताबाट पनि उठेर आउ“छु ।’ आममलेसियालीले ताली बजाएर स्वागत गरे, सम्मान गरे, विश्वास गरे । त्यस्तो हुन्छ लोकनेता ।

छिमेकी बंगलादेश । राष्ट्रपिता हुन् मुजिबर रहमान । उनी मर्दा उनको जिउमा लगाएको पेटीगन्जी च्यातिएको पाइयो भने उनको मृत्यू हु“दा सद्गत गर्ने पैसासमेत थिएन । उनको बैंक खातामा न्यूनतमभन्दा बढी पैसो रहेनछ । जनताको आ“खामा आ“सु दिएर गए यी नेता । आमजनता यिनको मलामी बने । एउटा नेताले कमाउने जनआस्था, जनविश्वास, जनभरोसा रहेछ । मुजिबर रहमानले जे कमाए, उनी अमर बनेका छन् । उनी हुन् लोकनेता ।

प्रजातन्त्र माध्यम हो जनसेवा गर्ने । यो माध्यम अल्पविकसित र विकासशील मुलुकमा सफल हुन समय लाग्नेरहेछ । यस्ता मुलुकमा निरङ्कूश शासक चाहिनेरहेछ ।

निरङ्कूश शासकको देशभक्तिले राष्ट्रलाई एउटा मुकाम, एउटा स्तरमा पु¥याउनसक्यो भने त्यो शासकको पूजा हुने रहेछ । लोकनेता निरङ्कूश भए पनि देश निर्माणको उसको उपलब्धीलाई सबैले सह्राना गर्ने रहेछन् । उही नै लोकनेता बन्ने रहेछ जसरी ली क्वान यु बने ।

हाम्रो राजनीति राष्ट्रनिर्माता चिन्दैन । वीर विभूति चिन्दैन । संस्कृति र संस्कार बिर्सदै पश्चिमीकरण गरिरहेको छ । जुन माटोमा उभिएको छ, त्यो माटोलाई बेच्ने, माटोका सन्तानलाई विभेद गर्ने, अर्काका सन्तानलाई नागरिक बनाएर लोकतन्त्रको गुड्डी हा“किरहेको छ हाम्रो राजनीति ।

नागरिकले नागरिक मारेर केही व्यक्ति सत्तामा पुगेको १३ वर्ष भयो । २०१७ सालको परिवर्तन ३० वर्ष चल्यो, त्यही कालरात्रिले देशलाई एउटा गति दिएको थियो, नेपालीत्वको जगेर्ना गरेर विश्वमा नेपाल भन्ने मुलुकको पहिचान कु“धेको थियो । २०४६ साल र २०६३ सालको परिवर्तनले नेता धेरै निस्के, लोकनेता एकजना पनि जन्मिन सकेन ।

नीति, नैतिकता, इमान र प्रतिबद्धताको महŒव वर्षाको कृष्णभीर लस्किएझैँ पहिरोको चपेटमा परेको प¥यै छ । समाजवादी आए, क्रान्तिकारी आए, कोही सर्वहाराको नारा लगाउ“दै आए, कोही देश भक्तिको गीत गाउ“दै आए, जो आए सत्ताका लागि आए, स्वार्थका लागि आए, जनताको ढाडमा टेकेर महाराजा बन्दै आए ।

लोकनेता शून्य, नेतैनेता भएको देश बन्यो नेपाल । राजनीतिमा नेता, निजामतीमा नेता, संस्था संस्थानमा नेता, नागरिक समाजमा नेता, मानवाधिकारवादमा नेता । नेता नभएको कुनै वर्ग वा समुदाय छैन । लोकतन्त्र आएपछि त नेतातन्त्रको महारोग नै आयो, यो सरुवा रोग सर्दैसर्दै भाषा, भेग, जाति, वर्ग, लिङ्ग, जनता पनि नेतैनेता ।

राजनीति व्यवसाय बन्यो । राजनीति गर्ने रातारात लखपति, करोडपति, अर्बपति, खर्बपति बन्न थाले । गरीब जनताका धनी नेता, धनी पार्टी, धनी कार्यकर्ता । नेपालमा विकास भनेको दलाली बनेको छ । गाउ“ले दलाल, सहरीया दलाल, सत्तामा दलाल, शासन प्रशासनमा दलाल । जताततै दलालै दलाल । लोकतन्त्र लुटतन्त्र बनेको त्यसै होइन । नेपालमा सबै छ, लोकनेता छैन । लोकनेताको अभाव खट्किएको छ, पद्धति भड्किएको छ । राजनीतिमा अनैतिकता छ, जीवन छैन राजनीति मरेको छ ।

संविधान छ, अपनत्व छैन । कानुन छ काम गर्दैन । सरकारभन्दा एनजिओ, आइएनजिओ बलिया छन् । राज्यमा विदेशी दाताको हालीमुहाली छ । जनताले काबिल भनेर प्रतिनिधि बनाएकाहरू यतिसम्म गएगुज्रेका छन् कि यी काबिल देशलाई काबुल बनाउन, विदेशी बुर्कुसी मार्ने फिजीकरण गर्न आतुर छन् । मानौं यी जोगी हुन्, यिनको उद्देश्य र आतुरी मात्र भोज खानु हो ।

जब सर्वोच्च अदालत सर्वदलीय अदालतजस्तो देखिन्छ, प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारी नागरिकता र प्रमाणपत्र विवादमा फस्छन्, राजदूत मानव तस्करी गर्छन्, अख्तियारका आयुक्तदेखि एसएसपीसम्म भ्रष्टाचार काण्डमा मुछिन्छन्, यो पैसाको शासन, बाहुबली र माफियाको शासन नभए के हो । यस्तो पनि लोकतन्त्र हुन्छ ? लोकनेता नभएको अराजक मुलुक हो यो ।

सत्तालोलुपता, शक्तिको दुरूपयोग र शान्तिको बलात्कार कसले रोक्ने ? कहिले रोकिने ? एकजना त लोकनेता निस्कनुप¥यो नि ¤ यो धमिलो अब सङ्लिनैपर्छ ।

रूसका राष्ट्रपति पुटिन राष्ट्रवाद उच्छृङ्खल हुनसक्दैन भन्दै उभिएका छन् । चीनका राष्ट्रपति सी जिन पिङ भ्रष्टाचार अन्त्य गर्दै विश्व शक्ति बन्ने मार्गमा हिँडेका छन्, अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्र बलियो बनाउन मुसोलिनी बन्न तयार छु भन्न पछि परेनन् । नेपालका नेताले शान्ति, समृद्धि, सुशासन, सुखी नेपाली बनाउने भाषण गर्न छाडेर इमान जमानका साथ काम गर्न थाल्ने कहिले ?

भीमनिधि तिवारीले लेखेका थिए, ‘शक्तिले व्यक्तिलाई भ्रष्ट बनाउ“छ । भ्रष्ट नेताहरूले भ्रष्ट चरित्र त्याग्न जौ तिल समातेर गौदान गर्ने कहिले ¤ नेताजीहरू भ्रष्टाचारको भाइरस बनेरै मर्ने, लोकनेता नबन्ने

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी