लोकलज्जाविनाको लोकतन्त्र

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

लोकलज्जा नभएको व्यक्तिलाई समाजमा सम्मानित नजरले हेर्ने प्रचलन छैन । कस्तो लाज नभएको ? भनिन्छ । राजनीतिका धुरन्धरका रूपमा चाणक्यलाई मानिन्छ र चाणक्य नीति आज पनि प्रचलन छ । चाणक्य भन्छन्– नीतिमा सर्वश्रेष्ठ नीति राजनीति हो, राजनीति उच्च कोटीको समाजसेवा हो ।

नेपाली नेताहरूमा न लोकलज्जा देखिन्छ, न तिनमा समाजसेवाको भावना नै । राजनीति नबिकेका चिज बेच्ने हाटबजार बनेको छ । राजनीति व्यापार व्यवसाय बनेको छ । त्यसैले त २०४६ सालपछि कांग्रेस, एमाले र २०६३ सालको परिवर्तनपछि माओवादी अर्थात् कांग्रेस, नेकपाका राजनीति गर्नेहरू सबै करोडपति, अर्बपति, खर्बपति बनेका छन् । उनीहरूका सामु तिल्के मारवाडीसमेत हारिसकेको छ । नेपालमा राजनीतिका नाममा फौबञ्जारी व्यापार खुब चम्केको छ । सुन देखाएर पित्तल साट्नेहरू दिनदिनै नवसामन्त बनिरहेका छन् । नेपालको सन्दर्भमा राजनीति उत्तम नीति अथवा समाजसेवा रहेन ।

दक्षिणपूर्वी एसियामा पाइने ¥याकोफोरस जातका भ्यागुताहरू १० मिटर परसम्म उड्न सक्छन् । दक्षिण एसियामा पर्ने नेपालका नेताहरू अनैतिकताको पहाड पनि उडेरै नाघ्न सक्छन्, किनकि नेपाली नेताहरूका चरित्रमा नैतिकता नामको कुनै गुण नै पाइँदैन ।

विज्ञान प्रविधि भन्छ– सर्पले टोकेको विष झार्न सर्पकै विषबाट प्रतिविष बनाइन्छ । एक किलो प्रतिविष बनाउन १० हजार सर्पको विष आवश्यकता पर्छ । नेपाली विषालु राजनीतिले टोकेर घाइते पारेको नेपाल र नेपालीलाई बचाउने प्रतिविष आजसम्म तैयार हुनसकेन । जस–जसलाई जनताले यो त ठिक छ भनेर छाने, तिनले न नेपाल टोक्न छाडे, न नेपालीको रगत चुस्न छाडे । नेपाल र नेपाली मरणासन्न छन्, तिनलाई बचाउने कुनै उपाय कसैले सोच्न सकेन, जनता आफैँ जुरमुराउन पनि सकेनन् ।

काकु कमिलाको एक जात हो । यो काकु कमिलाले आफ्नै जातिका कमजोर कमिलाहरूलाई गु“डमा ल्याएर दास बनाएर राख्छ । नेपाली राजनीतिक नेताहरू नेपाली अनुहारका विदेशी भरिया हुन्, जो कहिल्यै चौतर्फीरूपमा नेपालमाथि निरन्तर विदेशी हमला हु“दा पटक्कै बोल्दैनन्, जिब्रो तालुमा टा“सेर बस्छन्, लोकतान्त्रिक गणतन्त्र नेपालको नेता हु“ भनेर बास्छन् । नेपाली नेता भएर नेपाली जातिलाई दासको व्यवहार गरिरहेका छन् ।

जनयुद्धसमेत मिसाएर तयार पारिएको जनयुद्धनामक मिसाइल दागेर ल्याएको परिवर्तनपछिको १३ वर्षका दृश्यहरू हेरौँ, महानगरको कन्टेनरजस्तो महामारी फैलिने फोहोरको डंगुरमात्र देखिन्छ । इमान्दारिताको कसीमा घोट्दा नगरबधुको जत्तिको पनि नैतिकता नेताहरूमा देखिएन । बेश्याको पनि विश्वास गर्न सकिन्छ । ऊ बोलेको कुरा पूरा गर्छे, सहमतिलाई तोड्दिन । शरीर बेच्छे, आत्मा बेच्दिन, अस्तित्व बेच्दिन । बेश्याको बोलीमा ओजन हुन्छ, ऊ बोलीमा समर्पित हुनसक्छे, बोलेको कुरा होइन भन्दिन । पेशाप्रतिको इमानदारिता नगरबधुको विशेषता हो ।

यस्तै विशेषता तस्कर, माफिया, गुण्डा र डा“कामा पनि हुन्छ । समाजविरोधी, शासनविरोधी मानिने माफिया ‘डन’ हरू पनि बोलीमा पक्का मानिन्छन् । उनीहरू मर्न तयार छन्, मार्न तयार छन् तर बोलेको कुरामा अडान राख्छन्, अडिग हुन्छन् । त्यसैले हिन्दीमा उखान पनि छ– ‘जान जाय पर बचन नजाए’ । तर नेपाली राजनीति, बेइमानहरूको झुण्ड हो ।

परिवर्तनको तुफान रोकिएको छैन । फरक यत्ति छ, हिजो जनताले परिवर्तनको आकांक्षा राखेका थिए, आज नेतारू भाषणमा परिवर्तन खोजिरहेका छन् । नङ्गा नाचे हजार दाउ बनेको राजनीति एकातिर आ“धीखोला अर्कोतिर तुइन बन्न पुगेका छन् । सत्ता र राज्य ढुकुटी राजनीतिकर्मी, जनप्रतिनिधि भन्न रुचाउनेहरूले पञ्चदेवलको हण्डी बनाइदिएका छन् । हण्डी खानेमा सम्भवतः निष्ठा हु“दैन । राजनीतिले निष्ठा गुमाएको छ ।

लोकतन्त्रवादी नेताहरू यस्तो अप्ठ्यारो गा“ठोमा बा“धिएका छन्, त्यो गा“ठो अर्काले बा“धिदिएकाले यसलाई फुकाउने सुर्केनो पनि अर्कैलाई मात्र थाहा छ । अरूले गा“ठो नफुकाएसम्म निकास र विकास अवरुद्ध हुन्छ, भएको छ । त्यसैले यिनका मनमा सात पतरी कालो छ तर यिनका मुखमा लोकतन्त्रको मह देखिन्छ । यिनको व्यवहारमा लोकवादी केही पनि भेटिँदैन । यिनको आशन र शासन नगरबधुभन्दा पनि अनैतिक छ । अनैतिकलाई दयामात्र गर्न सकिन्छ ।

आफ्ना स्वार्थका लागि प्रयोग गर्न अमेरिकाले नोरियगादेखि सद्दामसम्मलाई बुख्या“चा बनाएर उभ्यायो । उपयोग सकिनासाथ तिनलाई समाप्त पारिदियो । अमेरिकाले समाप्त पार्ने सूचीमा बिन लादेन थिए, समाप्त पारिए र उत्तर कोरियालाई सकेन, अब तालिवानी टार्गेटमा छ । अर्काको उपयोगका लागि तयार भएकाहरू सद्दाम जसरी उठ्छन् र समाप्त हुन्छन् । हाम्रा नेताहरूले यस्ता उदाहरण जानिराख्नु उचित हुनेछ । प्रश्न यतिमात्र हो– के लोकतान्त्रिक नेताहरूमा देशप्रतिको गौरव छ ? यिनमा नेपालीत्व छ भने घरिघरि यिनीहरू किन दिल्ली दौडिन्छन् ? यिनले किन नेपाली जनतालाई तीर्थ बनाउन सकेनन् ? लोकतन्त्र र लोक सुरक्षित छन् कि छैनन् ?

नेपाली राजनीतिको धर्माधिकारी दिल्लीमा बस्छ भने जनप्रतिनिधिको हैसियत के ? नया“ नेपाल बनाउने आवाज ध्वनि कि प्रतिध्वनि ? कसरी बन्छ नया“ नेपाल, खोई खाका ? नेपालका शासन, प्रशासन, सीमा, व्यापार, उद्योग, सामाजिक, आर्थिक, राजनीतिक सर्वत्र विदेशी आक्रमणलाई देखेर पनि आ“खा चिम्लेर नया“ नेपाल बन्छ ? नगरबधुमा जत्ति पनि अडान नभएका ‘इम्परर न्युक्लोथ’ का पात्रहरूलाई नाङ्गो छु भन्ने होस कहिले खुल्छ ?

लोकतन्त्र लोकको तन्त्र बन्नुपर्छ, भारततन्त्र वा विदेशतन्त्र हुनुहुँदैन । अरूले चलाउने तन्त्र र खेलतन्त्रमात्र हुन्छ । नेता रखेल बन्न सक्छन्, नेपाल कसैको रखेल बन्न सक्दैन । देशभक्त बन्न आफूभित्र, आफ्नो अवधारणाभित्र, प्रत्येक श्वासमा नेपालीत्व देखाउन सक्नुपर्छ । जनबलमा उठ्नुपर्ने दलहरू दिल्लीको धापमा गौरव गर्छन् भने यिनीहरू नगरबधुभन्दा कमसल तŒव हुन् । नगरबधु एक हदसम्म बिगार तत्व हुन्, तर इमानका हिसाबले परतन्त्रमा विश्वास गर्नेहरूले राष्ट्र समाप्त पार्छन् । नगरबधुभन्दा बेइमानहरू असल हुनसक्दैनन् ।

कुनै पनि मुकाबिलाका लागि प्रतिपक्ष चाहिन्छ । लोकतन्त्रवादीहरूको कुनै दुश्मन छ भने यिनीहरू आफैँ हुन् । जंगलमा जनावर बस्छन्, जनावरमा विवेक हुँदैन, विधि पनि हुँदैन, भारत नेपाललाई जंगल बनाएर नेपालको सतित्व लुट्दैछ । नेताहरू ट्वाल्ल परेर हेरिरहेका छन् । नगरबधुहरू शरीर बेच्छन्, तर हाम्रा नेताहरू आत्मा बेच्छन्, देश बेच्छन्, अस्तित्व बेच्छन् र लिलाम भइरहेका छन् । इतिहासमा शेख हयास भन्ने व्यक्ति माटोलाई धोका दिएर ब्रिटिश सरकारको चाकर बन्नपुग्यो । अन्तमा, ब्रिटिशले आफ्नो माटोलाई धोका दिनेले हामीलाई पनि धोका दिन्छ भनेर कालोमोसो दलेर डा“डो कटाइदियो ।

नेपालको इतिहासमा बलभद्र छन्, बलभद्रको वीरता पनि छ । त्यही ब्रिटिशले बलभद्रको वीरताको मूल्याङ्कन गरेर नालापानीमा सालिक ठड्यायो र सलाम ठोक्यो । राष्ट्रभन्दा सत्ता प्यारो, नीतिभन्दा स्वार्थ प्यारो ठान्नेहरू इतिहास पढ्दैनन् । धर्मयुद्ध लड्ने बेलामा नेताहरू स्वार्थको सर्त अघि सारेर राष्ट्रलाई खतरामा पारिरहेका छन् । प्रा. जोसुवा लिडर वर्गको परिभाषा छ– ‘कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन र फोस्फरस परमाणुका मोलिक्यूल्सहरूको संयोजनजनित ६ फिटको पशु…’ यो मान्छेको परिभाषामा नेपाली नेता कहा“नेर भिन्न छन् ?

यस्ता देशघातीहरूले कृष्णलालको ‘मकैको खेती’ अथवा रुस्दीको ‘सटानिक भर्सेज’ पढेहुन्थ्यो । डम्बर समशेर थापाले पद्म शमशेरलाई पत्र लेखेर ‘प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ’ भनेको इतिहास पढे त झनै राम्रो हुने थियो । नेताहरूलाई ज्ञात होस्– गुण्डातन्त्र चिरस्थायी हुँदैन । मसलतन्त्रले जनताको मन जित्दैन, घृणामात्र बढाउ“छ ।

लोकमतबाट आएका लोकतन्त्रका नायकहरूलाई राज्य गर्ने अधिकार छ, जनताको स्वाभिमानलाई, देशको एकता र अस्तित्वलाई दशदान, गाईदान गर्ने अधिकार छैन । यिनीहरूले शान्ति र सुशासनका लागि भीष्म प्रतिज्ञा गरेकै हुन्, त्यो प्रतिज्ञा खोज्नु जनताको अधिकार हो । जनतालाई त्यो अधिकारबाट वञ्चित गर्नु लोकतन्त्र होइन । नेताहरूले ऐना हेरून् । आफ्नै घोषणापत्र पढून् । जनतालाई पटमूर्ख नठानून् ।

कुनै दिन संसद भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्ने कम्युनिस्टहरू अहिले संसद्मा छन् । यिनीहरू ‘जनताको गणतन्त्र’ कम्युनिस्ट समाजवादको कुरा गर्छन् । सरकार र संसद्लाई ‘लुटी खाने लोकतन्त्र र कमाउनिस्ट बनाउने कम्युनिस्टतन्त्रको थलो’ बनाएर कम्युनिस्टहरू आफ्नै घु“डामा बन्चरो हान्दैछन् । आफैँ पुरिने खाल्डो खनिरहेका छन् । हिम्मत छ भने कम्युनिस्टहरूले जनजीविकामाथि धावा बोलेर जनताको रगत चुसेको कबुल गरून् ।

अब ड्य्राकुल्ला बनिन्न भनून् । राजनीतिलाई उत्तम नीति र समाजसेवा बनाइन्छ भनौँ । यति भन्ने हिम्मत कम्युनिस्ट नेतामा देखिँदैन । यही सब देखेर कम्युनिस्टका माष्टर माइन्ड मोहनविक्रम सिंहले त्यसै भनेका होइनन्, ‘नेपालमा कम्युनिस्टहरूको स्कुलिङ खुब राम्रो थियो । अहिले आएर बिग्रिएछन् मोराहरू …।’

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी