विद्यार्थीको अंग्रेजी सुनेर मेयर खुसी

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कठमाडौं । चिसो सिरेटो चलिरहेको थियो । कार्यक्रम लामो भएकाले निम्तालुहरू पट्यार मानिरहेका थिए । उद्घोषकले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई मन्तव्यका लागि बोलाए । मेयरको भाषण गर्ने फरासिलो शैली थाहा पाएका सहभागीहरू उनलाई सुन्न उत्साहित थिए । भाषणको सुरुमै आफूले समय घड्किसकेकाले छोटो बोल्ने बताएका मेयरले भने, ‘म पढ्दा यहाँ अंग्रेजी पनि नेपालीमा पढाइन्थ्यो, त्यसपछि मात्रै अंग्रेजी अंग्रेजीमा पढाइन्थ्यो ।’ उनले त्यसोभन्दा कोही छक्क परे । कोही गम्भीर भए त कसैले हाँसो थाम्न सकेनन् ।

पुल्चोकस्थित त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयमा पढ्ने छात्राहरूले अंग्रेजीमा गरेको भाषण सुनेर आफूलाई खुसी लागेको उनले बताए । त्रिपद्मबाट १० कक्षा पास गरेका मेयरले विद्यालयले गरेको प्रगतिको खुलेर प्रशंसा गरे । उनले भने, ‘प्रगतिको एउटा उदाहरण विद्यार्थीहरूको बोल्ने कला, अंग्रेजी भाषामा देखिएको कमान्ड हो ।’ २०३१ सालमा उनले उक्त विद्यालयबाट एसएलसी पास गरेका रहेछन् । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकको प्रतिबद्धता र लगाव महŒवपूर्ण भएको उनले बताए ।

मेयर पदमा निर्वाचित भएलगत्तै उनले ललितपुर महानगरपालिकाका केही उत्कृष्ट विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूसँग छलफल गरेका रहेछन् । त्यो छलफलमा महर्जनले विद्यालय उत्कृष्ट हुनुको कारण सोधेका थिए रे । पेसागत धर्म र प्रतिबद्धता बिर्सेर शिक्षक राजनीतिमा लाग्दा सामुदायिक विद्यालयको गुणस्तर खस्किएको निष्कर्ष उक्त छलफलबाट निस्केको उनले बताए । उनले अंग्रेजीमा भने, ‘यु आर डुइङ क्वाइट वेल (तपाईंहरूले राम्रो गर्नु भएको छ) त्यो रोग त्रिपद्ममा नलागोस् । मेयर आफू पढेको विद्यालयको ७२ औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवर्णमान अमात्यले शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वयबाटमात्रै शैक्षिक गुणस्तर सुधार गर्न सक्ने बताए । ‘टिम वर्क’ले त्रिपद्मको सान र मान स्थापित भएको बताए । विसं २००४ सालमा खोलिएका यो विद्यालयले सामुदायिक विद्यालयमध्ये राष्ट्रव्यापी रूपमा दोस्रो पुरस्कार पाएको थियो भने प्रदेशस्तरमा दोस्रो पुरस्कार प्राप्त गरेको छ । यो विद्यालय प्रदेश नं तीनमा पर्छ ।

विद्यालयका प्राचार्य टीकाराम तिम्सिनाले विद्यालयमा भौतिक पूर्वाधारको अभाव अझैं रहेको बताए । कक्षाकोठा पर्याप्त नहँुदा सिटिइभिटी अन्तर्गतको इन्जिनियरिङ र स्नातकका कक्षा सञ्चालन गर्न कठिन भएको बताए । स्थानीय तहले अब सामुदायिक विद्यालयको गुणस्तर अवस्था खोजी गर्नुपर्ने बताए । विद्यालयकी सहायक प्रधानाध्यापक कदमबाबा प्रधानले गुणस्तरीय शिक्षा शिक्षकको प्रयासले मात्रै सम्भव नहुने बताउँदै आफ्ना छोराछोरीको अध्ययन र व्यवहार बुझ्न अभिभावकलाई नियमित विद्यालय आउन अनुरोध गरिन् । कार्यक्रममा मेयर महर्जनले विद्यालयको स्मारिका विमोचन गरे । विद्यालयको पुस्तकालय र विज्ञान प्रयोगशालाको उद्घाटन गरे । विद्यार्थीले नृत्य गरेका थिए ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी