विद्यालयको शैक्षिक गुणस्तर उच्च राख्ने प्रतिबद्धता

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सामुदायिक विद्यालयहरुले आफ्ना अभिावक र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासंगसंगै अन्य सेवा सुविधा समेत उपलब्ध गराउनु पर्ने बताएका छन् ।

महानगरपालिकाको वडा नं.२० टोलस्थित बालविनोद माध्यामिक विद्यालयको ६८ औं जन्मोत्सव तथा अभिभावक दिवसको अवसरमा उनले उक्त कुरा बताएका हुन्।  विद्यालयको भौतिक पूर्वाधार, खेल मैदान, सरसफाई जस्ता कुराले शिक्षण सिकाईको उपलब्धि बढ्ने वताउँदै त्यस्ता कुराहरुमा ध्यान दिन आग्रह गरे।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि यी विद्यालयका स्थायी शिक्षकहरु प्रतिबद्ध हुनुपर्ने वताए। मेयर महर्जनले भने, ‘शिक्षकहरुले राजनीतिक दलको झण्डा बोकेर होइन। पढाएर गुणस्तर सुध्रिने वताए।’ आफू मेयर पदमा निर्वा्चित भएलगातै ललितपुरका केही उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसंगको छलफलमा सामुदायिक विद्यालयहरुका स्थायी शिक्षक हावी भएको बताएका थिए। विद्यालयको भौतिक र शैक्षिण गुणस्तर सुधारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख गुणराज पोखरेलले सामुदायिक विद्यालयका अभिभावकहरुले शैक्षिक गुणस्तरसंगसंगै अन्य पूर्वाधार विकासको समेत सुधारको अपेक्षा गरेको बताए । उनले भने, ‘अभिभावकको आवश्यकता र मागलाई समेत सम्बोधन गर्ने खालका कार्यक्रम र योजनाहरु ल्याउनु पर्छ।’ उनले कक्षा १२ सम्मको शिक्षा स्थानीय तहको जिम्मामा आएको बताउँदै नगर शिक्षाको योजना तर्जुमा गर्दा अभिभावक र विद्यार्थीको समेत माग र आवश्यकतालाई सम्बोधन गर्नुपर्छ।

विद्यालयका प्रधानाध्यापक माधवप्रसाद खतिवडाले विद्यालयको भौगिक पूर्वाधार विकासको लागि महानगरको महत्वपूर्ण सहयोगको अपेक्षा गरेको वताए। प्रधानाध्यापक खतिवडाले शैक्षिक गुणस्तर सुधारको लागि समयानुकुल कार्यक्रमहरु ल्याई काम गरेको दावी गरे।

सहायक प्रधानाध्यापक अनिल कुमार झाले विद्यालयको अवस्था सुधारका लागि स्थानीय सरकारको सहयोग महत्वपूर्ण हुने धारणा राख्दै शैक्षिक गुणस्तर कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुले विभिन्न गीतहरुका नृत्य प्रदर्शन गरेका थिए।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी