शेर्पा किदुग मलेसिया को लोसार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

क्वालालम्पुर मलेसिया

नेपाल बाट रोजगारिको सिलसिला मा मलेसिया आइपुगेका शेर्पाहरुले “भाषा, धर्म, कला साँस्कृतिक हाम्रो पहिचान, जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान”भन्ने नाराका साथ शेर्पा किदुग मलेशियाले आयोजना गरेको लोसार विशेष कर्याक्रम सम्पन्न भएको छ ।

नेपाल बौद्ध महासंघ को अध्यक्ष आचार्य कर्म रिन्छेन शेर्पाको प्रमुख आथित्यमा आयोजना भएको साँस्कृतिक कार्यक्रममा सबैभन्दा आग्लो स्थानमा डिजे चलाइ विश्व रेकर्ड राख्न सफल डिजे छेवाङ शेर्पा र मोडल तथा गायक लाक्पा अमोर ले प्रस्तुति दिएका थिए भने आकार्यक्रम संचालन संचालिका आङ पासी शेर्पा ले गरेकी थिइन।

कार्यक्रममा शेर्पा साँस्कृति झल्कने नृत्य र स्थानीय कलाकारहरुको समेत प्रस्तुतिका साथमा २१४६ औं ग्याल्बो लोसार मनाएको हो। कार्यक्रम मलेशियाबसि शेर्पा तथा गैर शेर्पाको उपस्थितिमा होटल एरिना क्वालालम्पुर मा भएको थियो ।

Valyou 2
Valyou 2
Valyou 2
Valyou 2

कुनै टिप्पणी